विराटनगरको रानी अस्पतालमा अत्याधुनिक प्रयोगशाला सञ्चालन 

Share this
642shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १५, सोमबार १९:२१
विराटनगरको रानी अस्पतालमा अत्याधुनिक प्रयोगशाला सञ्चालन 

विराटनगर । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधा सम्पन्न प्रयोगशाला (ल्याब) सञ्चालनमा आएको छ । महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा विधिवत् रूपमा सुरु गरिएको हो ।

प्रयोगशालाको उद्घाटन गर्दै विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले महानगरवासीलाई सस्तो शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने प्रतिबद्धताअनुसार ल्याब सञ्चालनमा ल्याइएको बताए । ‘स्वास्थ्य सेवा महँगो हुँदा विपन्न र न्यून आय भएका परिवार बढी प्रभावित हुन्छन्,’ उनले भने, ‘महानगरकै अस्पतालबाट सस्तो र गुणस्तरीय सेवा दिएर नागरिकको उपचार खर्च घटाउनु हाम्रो मुख्य उद्देश्य हो ।’ उनले रानी अस्पताललाई दक्षिण क्षेत्रसहित समग्र विराटनगरकै भरपर्दो स्वास्थ्य केन्द्रका रूपमा विकास गरिने बताए ।

Advertisement

अस्पतालका प्रमुख माणिकचन्द भगतका अनुसार प्रयोगशालामा सुगर, थाइराइड, रगतको पूर्ण परीक्षण, कलेजो र मिर्गौलाको परीक्षण, मलेरिया, कालाज्वर लगायत ४० भन्दा बढी प्रकारका साधारण तथा विशिष्ट परीक्षणहरू हुनेछन् । अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रमसमेत सञ्चालनमा रहेकाले बिमा गरेका सेवाग्राहीले ल्याबसहितका सेवाहरू निःशुल्क प्राप्त गर्न सक्ने स्वास्थ्य महाशाखा प्रमुख डा. दिलीपकुमार यादवले जानकारी दिए ।

विगतमा विकासका दृष्टिले पछि परेको दक्षिणी क्षेत्रलाई प्राथमिकतामा राखेर स्वास्थ्य सेवा विस्तार गरिएकोमा वडा नं १५ का अध्यक्ष प्रकाश साहले खुसी व्यक्त गरे । रानी अस्पतालले हाल २४ घण्टा प्रसूति सेवा (बर्थिङ सेन्टर), निःशुल्क फिजियोथेरापी, मुटुको ईसीजी, गर्भवतीका लागि निःशुल्क भिडियो एक्स–रे र पाठेघरको मुखको क्यान्सर परीक्षण जस्ता विशेष सेवाहरू पनि प्रदान गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया
दधिराज सुवेदीको स्मृतिमा पुस्तकालयको आवश्यकता र योगदानबारे विराटनगरमा चर्चा
दधिराज सुवेदीको स्मृतिमा पुस्तकालयको आवश्यकता र योगदानबारे विराटनगरमा चर्चा
रसुवा बाढीमा मृतकको संख्या ९३९ पुग्यो
ताप्लेजुङ गोल्डकपः विभागीय टोली पुलिसलाई हराउँदै झापा–११ सेमिफाइनलमा 
ताप्लेजुङ गोल्डकपः पुलिसलाई हराउँदै झापा–११ सेमिफाइनलमा 
लियोनल मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
लियोनल मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
विराटनगरको रानी अस्पतालमा अत्याधुनिक प्रयोगशाला सञ्चालन 
विराटनगरको रानी अस्पतालमा अत्याधुनिक प्रयोगशाला सञ्चालन 
भोटेकोशी बाढीपीडितका लागि आर्या न्युरो अस्पतालको सहयोग
राष्ट्रपति र प्रधानमन्त्री भेट्न रवि लामिछानेको दौडधुप
बाढी प्रभावितका लागि हिमगिरि हाइजिनले ७० लाखको सामग्री दिने
प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछानेबीच विपद् व्यवस्थापनबारे छलफल
रसुवाका अधिकांश क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×