फेवातालमा कार खस्दा दुई जनाको मृत्यु

Share this
667shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १९, शुक्रबार ०९:५१
झापामा टिफरको ठक्करबाट साइकल यात्रीको मृत्यु 

कास्की । पोखरामा आज (शुक्रबार) बिहान भारतीय नम्बर प्लेटको कार फेवातालमा खस्दा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । सेदीबाट लेकसाइडतर्फ आउँदै गरेको कार चालकले नियन्त्रण गुमाउँदा पोखरा–१८ गैरीचौतारा घुम्तीबाट बिहान ४:५० बजे कार फेवातालमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक दीपकप्रसाद रिजालका अनुसार मृत्यु हुनेमा भारतको बिहार प्रदेश, पूर्वी चम्पारण जिल्ला रक्सोलका २६ वर्षीय नवदीपकुमार यादव र पहिचान नखुलेका अर्का भारतीय पुरुष छन् ।

Advertisement

उद्धार टोलीले दुवै जनालाई फेवातालको पानीबाट अचेत अवस्थामा निकालेर उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्‍याएको थियो । चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए । दुर्घटनामा घाइते भारतको बिहार प्रदेश, मोतिहारी जिल्ला रक्सोलका २७ वर्षीय अनमोलकुमार यादव र ३३ वर्षीय सुरज यादवको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाको सूचना पाएलगत्तै वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी नायब उपरीक्षक सूर्यबहादुर बोगटीको नेतृत्वमा १५ जनाको टोली घटनास्थल पुगेको थियो । सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ हेक्वाटर कालिका गणबाट प्रहरी निरीक्षक शरण खड्काको नेतृत्वमा १३ जनाको टोली पनि उद्धारमा खटिएको थियो ।

दुर्घटनामा परेको भारतीय नम्बर बीआर ०५ बीबी ६७५९ को कार क्रेनको सहायताले फेवातालबाट निकालेर वडा प्रहरी कार्यालय बैदाममा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
बाढीपछि सम्पर्कविहीन भएकाको पत्तो नलागेपछि धार्मिक विधिअनुसार अन्त्येष्टि गरिँदै
चिलिमे टनेलमा खोजी तीव्र पार्न सेनाले पठायो स्काभेटर
प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड
माथिल्लो त्रिशूली-१ आयोजनास्थलमा ६ वटा शव फेला
बाढीले पुल बगाएपछि तादी खोलामा एक्रो ब्रिज जडान हुँदै
२ करोड ४० लाख रुपैयाँको ‘एयरपड्स’ बरामद
शिक्षण अस्पतालमा १९३ शव, २४ को मात्रै पहिचान
शव पहिचान गर्न बाढी प्रभावित क्षेत्रमै डीएनए नमुना संकलन केन्द्र
सुरुङभित्र थुनिएको एउटा काल्पनिक मानिसको मनोवाद
उद्धार सकिएको छैन, पुनःस्थापनाको चुनौती झन् ठूलो
विराटनगरको रथयात्रामा चोरीदेखि दुर्घटनासम्मको जोखिम, प्रहरीले गर्‍यो यस्तो आग्रह
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×