फ्रान्सेली विश्व च्याम्पियनलाई नकआउट गर्दै नेपाली बक्सरको ऐतिहासिक जित

Share this
775shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २१, आइतबार १४:४२

काठमाडौं । नेपाली किक बक्सर अविरल घिमिरेले जापानमा आयोजित अन्तर्राष्ट्रिय किक बक्सिङ प्रतियोगितामा फ्रान्सका विश्व च्याम्पियन खेलाडीलाई नकआउट गर्दै उल्लेखनीय जित हासिल गरेका छन् ।

जापानको नागोया सहरस्थित करिया हलमा शनिबार साँझ सम्पन्न ‘हिट किक बक्सिङ–५९’ को मेन इभेन्टमा घिमिरेले फ्रान्सका माथन चोइनार्डलाई दोस्रो राउन्डमै नकआउट गरेका हुन् । चोइनार्ड सन् २०२५ का विश्व च्याम्पियन रहेको बताइएको छ ।

Advertisement

प्रतियोगिताको दोस्रो राउन्डको दोस्रो मिनेटमा घिमिरेले गरेको प्रहारपछि चोइनार्ड नकआउटमा परेका थिए । जितसँगै घिमिरेले अन्तर्राष्ट्रिय किक बक्सिङमा आफ्नो प्रभावलाई थप बलियो बनाएका छन् । घिमिरेले हालसम्म २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गरेको र २१ खेलमा जित हासिल गरेको जनाइएको छ । तीमध्ये २० खेल नकआउटमार्फत जितेको उनको दाबी छ ।

जितपछि घिमिरेले हालै रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बाढीपीडितलाई सहयोग गर्ने बताएका छन् । उनले आफ्नो खेल यात्रामा साथ, सहयोग र हौसला प्रदान गर्ने सबैप्रति धन्यवादसमेत व्यक्त गरेका छन् ।

तपाइको प्रतिक्रिया
गगन–शेखर भेटवार्ताः पार्टी एकढिक्का बनाउने विषयमा छलफल
बाढी प्रभावितलाई धुलिखेल अस्पतालले एक वर्ष निःशुल्क उपचार गर्ने
सुनसरीमा भन्सार छलीको मल र सुर्तीजन्य पदार्थ बरामद
‘जीवनभर नभएको निन्दा यी तीन दिनमा खेपेँ’: सभापति थापा 
महासभामा तयारीका साथ प्रस्तुत हुन प्रधानमन्त्रीलाई सुझाव
रसुवागढी नाका अवरुद्ध भएपछि केरुङका सामान अब कोरला नाकाबाट
बाढी प्रभावितलाई धुलिखेल अस्पतालले एक वर्ष निःशुल्क उपचार गर्ने
महाधिवेशन प्रक्रिया नरोके कांग्रेस विभाजन हुनसक्छः रमेश लेखक
बाढीले पुल बगाएपछि मनास्लु र लार्केपास पदयात्रामा रोक
लहानमा पेस्तोलसहित ३ जना पक्राउ 
मोरङको उर्लाबारीबाट दुई जना युवा पक्राउ
फ्रान्सेली विश्व च्याम्पियनलाई नकआउट गर्दै नेपाली बक्सरको ऐतिहासिक जित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×