
विराटनगर । सुनसरीको कोशी गाउँपालिका–६ लाही टोलका एक युवकको आज (सोमबार) बिहान चट्याङ लागेर मृत्यु भएको छ ।
कोशी गाउँपालिका–६ का २६ वर्षीय पप्पु यादव बिहान भैंसी चराउन गएका बेला पानीसँगै परेको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको सशस्त्र प्रहरी बल नेपाल नं ४ गण हेडक्वाटर सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक लवकुमार सापकोटाले जानकारी दिए ।
मृतक यादवको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल इनरुवा पठाइएको छ । घटना सम्बनधमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

























