ब्राउन सुगरसहित झापामा एक जना पक्राउ

Share this
720shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २३, मंगलबार ०९:५४
युवकको शंकास्पद मृत्यु: श्रीमती, आमासहित ५ जना पक्राउ

काठमाडौं । झापाको भद्रपुर नगरपालिका–३ स्थित झोलुङ्गे पुल इलाकाबाट सशस्त्र प्रहरीले ब्राउन सुगरजस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–९, लाखिवारीका १९ वर्षीय जनक माझी छन् । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका यात्रुलाई जाँच गर्ने क्रममा सशस्त्र प्रहरी बल नेपाल, बीओपी महेशपुरबाट खटिएको चेकप्वाइन्ट टोलीले उनलाई शंकास्पद अवस्थामा फेला पारेको थियो ।

जाँचका क्रममा माझीको साथबाट ब्राउन सुगरजस्तो देखिने खैरो रङको लिसाइलो पदार्थ १६ ग्राम, नेपाली नगद ७१० रुपैयाँ र एक थान नेपाली नागरिकताको प्रमाणपत्र बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । उनलाई बरामद सामानसहित थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वडा प्रहरी कार्यालय भद्रपुरमा बुझाइएको छ ।

Advertisement

यसैबीच, झापाकै गौरीगञ्ज गाउँपालिका–५, देविगञ्ज सीमा इलाकाबाट सशस्त्र प्रहरीले भन्सार छली ल्याउँदै गरेको करिब ४० हजार रुपैयाँ बराबरको किराना सामान बरामद गरेको छ । सीमा सुरक्षा गुल्म हेडक्वार्टर गौरीगञ्जबाट खटिएको मोबाइल गस्ती टोलीले भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उक्त सामान नियन्त्रणमा लिएको हो ।

बरामद किराना सामान आवश्यक प्रक्रिया पूरा गरी भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरी बल नेपाल, नं. २ गण हेडक्वार्टर झापाका सूचना अधिकारी तथा सशस्त्र प्रहरी नायव उपरीक्षक मदनकुमार रसाइलीले जानकारी दिएका छन् ।

तपाइको प्रतिक्रिया
परिवर्तनको आशा, परिणामको प्रतीक्षा
भोटेकोशी बाढीमा हराएका ५८७ विदेशी पर्यटक अझै फेला परेनन्
बाढी प्रभावित विद्यार्थीलाई निःशुल्क अध्ययनको व्यवस्था गर्ने घोषणा
अलैँचीको मूल्य प्रतिमन ८५ हजार
‘प्रतिक्रियावादी शक्तिहरू बलिदानबाट प्राप्त उपलब्धिलाई निमिट्यान्न पार्ने प्रयासमा’
जेनजी आन्दोलनको एक वर्ष : ‘मूल मुद्दामा अपेक्षित उपलब्धि भएन’
बाढीपीडितका लागि ब्रह्माकुमारी नेपालद्वारा एक करोड एक लाख सहयोग
जेनजी आन्दोलनबारे आयोगको सिफारिस तत्काल कार्यान्वयन गर्न कांग्रेसको माग
शान्ति कामनासहित राष्ट्रपतिद्वारा पशुपतिनाथमा पूजा आराधना
इटहरी प्रहरी हिरासतमा थुनुवाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×