झापा र कैलालीमा जेईविरुद्ध खोप अभियान

Share this
678shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २४, बुधबार १६:१४

काठमाडौं । जापानिज इन्सेफ्लाइटिस (जेई) को सङ्क्रमण र मृत्युदर बढेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले झापा र कैलालीका जोखिमयुक्त क्षेत्रमा जेईविरुद्धको विशेष खोप अभियान सञ्चालन गर्ने भएको छ । मन्त्रालयका अनुसार कैलालीमा असोज १ गतेदेखि र झापामा असोज ५ गतेदेखि खोप अभियान सञ्चालन गरिनेछ । जेई सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै पहिलो चरणमा उच्च जोखिम देखिएका क्षेत्रमा अभियान सञ्चालन गर्न लागिएको हो ।

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाअन्तर्गत बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार पहिलो चरणमा झापाका सबै स्थानीय तहमा तथा कैलालीका धनगढी उपमहानगरपालिका, लम्कीचुहा नगरपालिका र घोडाघोडी नगरपालिकामा खोप अभियान सञ्चालन हुनेछ ।

Advertisement

अभियानअन्तर्गत ३० वर्ष वा सोभन्दा माथिका व्यक्तिलाई जेईविरुद्धको खोप लगाइनेछ । झापामा मात्रै करिब चार लाख ९३ हजार ३१९ जनालाई खोप लगाउने लक्ष्य राखिएको छ । जिल्लामा पछिल्लो समय जेई सङ्क्रमण र मृत्युदर बढेपछि खोप अभियान सञ्चालन गर्न लागिएको हो ।

झापामा हालसम्म १३ जनामा जेई सङ्क्रमण पुष्टि भएकामा चार महिला र दुई पुरुष गरी छ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । सङ्क्रमण बढेपछि जिल्लाका सबै १५ स्थानीय तहमा अभियान सञ्चालन गर्ने तयारी गरिएको हो ।

आवश्यक जेई खोप काठमाडौंस्थित केन्द्रीय खोप भण्डारण केन्द्रबाट सम्बन्धित जिल्लामा पठाउने तयारी भइरहेको छ । खोप उपलब्ध भएपछि स्थानीय तह र स्वास्थ्य संस्थामार्फत लक्षित समूहलाई खोप लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

जापानिज इन्सेफ्लाइटिस लामखुट्टेको टोकाइबाट सर्ने भाइरसजन्य रोग हो । सङ्क्रमण गम्भीर अवस्थामा पुगेमा मस्तिष्कमा असर पार्नुका साथै ज्यानसमेत जान सक्ने भएकाले जोखिम क्षेत्रमा खोप अभियानलाई प्राथमिकताका साथ अघि बढाइएको हो ।

तपाइको प्रतिक्रिया
बाढी पीडितका लागि तेरापन्थी समाजद्वारा ५ लाख सहयोग
बाढी पीडितका लागि तेरापन्थी समाजद्वारा ५ लाख सहयोग
चाडपर्व नजिकिँदै बजारमा चिनीको अभाव
चाडपर्व नजिकिँदै बजारमा चिनीको अभाव
 दीपककुमार साह उद्योगमन्त्री नियुक्त, लिए शपथ
 दीपककुमार साह उद्योगमन्त्री नियुक्त, लिए शपथ
बाढीपीडितको राहतका लागि हिसान मोरङद्वारा ५४ लाख सहयोग
बाढीपीडितको राहतका लागि हिसान मोरङद्वारा ५४ लाख सहयोग
ब्राइट भिजन ल कलेजमा बीएएलएलबीका विद्यार्थीलाई अभिमुखीकरण
ब्राइट भिजन ल कलेजमा बीएएलएलबीका विद्यार्थीलाई अभिमुखीकरण
मोरङ कारागारमा मोबाइल र १० लाख नगद भेटिएपछि सुरक्षा प्रश्नमा
मोरङ कारागारमा मोबाइल र १० लाख नगद भेटिएपछि सुरक्षा प्रश्नमा
सुनसरीका सांसद साह उद्योगमन्त्रीमा सिफारिस
राष्ट्रसंघ महासभामा प्रधानमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल जाने, अरु के के निर्णय गर्यो सरकारले ?
भोटेकोशी बाढी : पूर्वाधारमा एक खर्ब ९० अर्बको क्षति
विपद् न्यूनीकरणदेखि ग्यास आपूर्तिसम्म सरकारको ध्यानाकर्षण
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×