बाढी पीडितका लागि तेरापन्थी समाजद्वारा ५ लाख सहयोग

Share this
767shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २५, बिहीबार २०:३६
बाढी पीडितका लागि तेरापन्थी समाजद्वारा ५ लाख सहयोग

विराटनगर । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण पीडित भएकाहरूका लागि जैन श्वेताम्बर तेरापन्थी सभा विराटनगरको तेरापन्थी समाज विराटनगरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख ११ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।

समाजले राहत सहयोग रकम मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालालाई हस्तान्तरण गरेका थिए । हस्तान्तरण कार्यक्रममा जैन श्वेताम्बर तेरापन्थी सभाका संयोजक  मालचन्द सुराना, पूर्वअध्यक्षद्वय विजयराज डागा र दिनेश गोल्छा, तेरापन्थ प्रोफेसनल फोरमका अध्यक्ष पंकज जैन, अणुव्रत समितिका महासचिव दीपेन्द्र दुगड़लगायत सभाका सदस्यहरू विजय पारख, निर्मल कोचर, फूलकुमार लालवानी, सञ्जय दुगड़, सुरेन्द्र नौलखा तथा अमित सुरानाको उपस्थिति रहेको थियो ।

Advertisement

सो अवसरमा सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाले प्राकृतिक विपत्तिको समयमा पीडितहरूको राहत तथा उद्धारका लागि तेरापन्थी समाजले देखाएको मानवीय संवेदनशीलता र सहयोगको प्रशंसा गर्दै जैन श्वेताम्बर तेरापन्थी सभा तथा सम्पूर्ण तेरापन्थी समाजप्रति धन्यवाद तथा आभार व्यक्त गरे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×