झापामा जेईविरुद्ध पाँच लाख ७० हजार डोज खोप लगाइँदै

Share this
687shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १, बिहीबार १०:०६
जापानिज इन्सेफ्लाइटिसको उच्च जोखिम: ५० प्रतिशत सङ्क्रमितको मृत्यु

झापा । झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) विरुद्ध पाँच लाखभन्दा बढी नागरिकलाई खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय झापाले असोज ५ देखि १५ गतेसम्म जिल्लाका १५ वटै स्थानीय तहमा ३० वर्षमाथिका नागरिकलाई लक्षित गरी खोप अभियान सञ्चालन गर्न लागेको हो ।

स्वास्थ्य कार्यालयका प्रमुख बृजकुमार दासका अनुसार अभियानका लागि पाँच लाख ७० हजार डोज खोप जिल्लामा आइसकेको छ । स्थानीय तहसँगको समन्वय, स्वास्थ्यकर्मीको अभिमुखीकरण र खोप केन्द्र व्यवस्थापनलगायतका तयारी पूरा भएको उनले बताए । जिल्लाका १३१ वडामा ९०० खोप केन्द्र स्थापना गरी खोप लगाइनेछ । अभियानमा करिब ५०० स्वास्थ्यकर्मी, ६११ महिला स्वास्थ्य स्वयंसेविका र तीन हजारभन्दा बढी स्वयंसेवक परिचालन हुनेछन् ।

Advertisement

झापामा जेई सङ्क्रमण र मृत्युदर बढ्दै गएपछि उच्च सतर्कतासहित अभियान सञ्चालन गर्न लागिएको कार्यालयले जनाएको छ। देशभरमै झापामा जेई सङ्क्रमण उच्च रहेकाले जिल्लाबाटै अभियान सुरु गर्न लागिएको दासले बताए । झापामा हालसम्म १३ जनामा जेई सङ्क्रमण पुष्टि भएकोमा सात जनाको मृत्यु भइसकेको छ । सङ्क्रमितमध्ये ५० वर्षमाथिका छ जना र आठ वर्षीय एक बालक छन्। मृत्यु भएका कसैले पनि जेईविरुद्धको खोप नलगाएको दासले बताए ।

उनका अनुसार जेईविरुद्धको खोप सुरक्षित रहेको र खोप लगाएपछि सामान्य असर देखिए पनि गम्भीर स्वास्थ्य समस्या नहुने बताए। लक्षित समूहका नागरिकलाई अभियानमा सहभागी भएर खोप लगाउन उनले आग्रह गरे । गर्भवती तथा तत्काल खोप लगाउन नमिल्ने अवस्थाका बिरामीबाहेक लक्षित समूहका सबै नागरिकलाई खोप लगाउन सकिने स्वास्थ्य कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
विदेशी हस्तक्षेपबारे सरकारसँग जवाफ माग्दै श्रम संस्कृति पार्टी
निर्वाचन आयोगले सार्वजनिक गर्‍यो प्रारम्भिक मतदाता नामावली
सरकारबाट पहल नभए फिफाको निर्देशनअनुसार गतिविधि अघि बढाउने एन्फाको भनाइ
बंगलादेशमा दशकौँयताकै गम्भीर दादुरा प्रकोप
अस्पतालबाहिर सुत्केरी प्रकरणः स्वास्थ्यकर्मीमाथि कारबाही सिफारिस
अख्तियारको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस
एक वर्षमा अख्तियारमा ४० हजारभन्दा बढी उजुरी
चिलिमे सुरुङमा भेटिएका ५ शव परिवारलाई हस्तान्तरण
प्रमुख प्रशासकीय नहुँदा विराटनगरमा ६० करोडको भुक्तानी अड्कियो
गुटको घेराबाट बाहिर निस्कन डा. कोइरालाको आग्रह
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×