
काठमाडौं । नेपाल मेडिकल काउन्सिलमा पाँच जना नयाँ सदस्य नियुक्त भएका छन् । नवनियुक्त सदस्यहरूले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
काउन्सिलका नवनियुक्त सदस्यहरूमा डा. गोपालकुमार चौधरी, डा. प्रतिभा बिष्ट रोका, डा. श्यामेन्द्रबहादुर सिंह, डा. बोधविक्रम कार्की र डा. सुभित मास्के रहेका छन् ।
नियुक्तिपछि उनीहरूले काउन्सिल सदस्यका रूपमा पद तथा गोपनीयताको शपथ लिए ।

























