कोशीमा डेंगु संक्रमण बढ्दो, झापामा सबैभन्दा धेरै

Share this
722shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ५, सोमबार ०९:२१

विराटनगर । कोशी प्रदेशमा डेंगु संक्रमणको दर बढ्दै गएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका १३ जिल्लामा डेंगु संक्रमण फैलिएको छ ।

जनस्वास्थ्य अधिकृत स्मृति लुइँटेलले अनुसार सन् २०२६ सेप्टेम्बर १९ सम्म कोशी प्रदेशमा ७९३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । सबैभन्दा धेरै संक्रमित झापामा देखिएका छन् ।

Advertisement

झापामा मात्रै २२८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ भने सुनसरीमा २०३ जना संक्रमित भएका छन् । यस्तै, ओखलढुंगामा १२२, खोटाङमा ८२, पाँचथरमा ४४, उदयपुरमा ३४, भोजपुरमा ३१, मोरङमा २०, संखुवासभामा १८, धनकुटामा ४, सोलुखुम्बुमा ३, तेह्रथुममा ३ र ताप्लेजुङमा १ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

सोही अवधिमा विभिन्न जिल्लामा संक्रमणका ५१ जना सम्भावित तथा २ जना शंकास्पद बिरामी अस्पतालमा रहेको लुइँटेलले जानकारी दिइन् ।

जोखिम बढ्दै गएपछि लामखुट्टेको वासस्थान खोजी गरी नष्ट गर्ने, पानी जम्न नदिने तथा संक्रमण रोकथामसम्बन्धी जनचेतनामूलक अभियान सञ्चालन गर्न आवश्यक रहेको उनले बताइन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×