भरत दाहालको रिटमा कारण देखाउ आदेश

Share this
724shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ६, मंगलबार १३:४४

काठमाडौं । राजनीतिक विश्लेषक भरत (भरतमणि) दाहालको तर्फबाट सर्वोच्च अदालतमा दायर भएको बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा कारण देखाउ आदेश जारी भएको छ ।

दाहाललाई आइतबार प्रहरीले मोरङको बेलबारीबाट पक्राउ गरेको थियो । आफ्नो युट्युब च्यानलमार्फत भूराजनीति र उच्च राजनीतिक व्यक्तित्वबारे भ्रामक प्रचार गरेको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

Advertisement

दाहालकी छोरी डेनिकाले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गरेकी थिइन् । उक्त रिटमाथि आज (मंगलबार) न्यायाधीश कुमार रेग्मीको इजलासमा सुनुवाइ भएको हो ।

सुनुवाइपछि इजलासले दाहाललाई पक्राउ गर्नुको कारणसहित लिखित जवाफ पेस गर्न सरकारका नाममा आदेश दिएको छ । सरकारको जवाफ आएपछि अर्को पेसी तोकिनेछ। त्यसपछि अदालतले बन्दीप्रत्यक्षीकरणको रिट जारी हुने वा नहुनेबारे निर्णय गर्नेछ ।

तपाइको प्रतिक्रिया
खाँदबारी–सभा खोला सडक दैनिक ९ घण्टा बन्द
खाँदबारी–सभा खोला सडक दैनिक ९ घण्टा बन्द
मोरङ उर्लाबारीका छत्रबहादुर : परदेशबाट फर्किने प्रतीक्षामा परिवार, तर बाकसमा आयो शव
भारी हिमपातले आरोहण प्रभावित
बाढी प्रभावित परिवार बसाउन २७७ कित्ता जग्गा पहिचान
 गाँजा खेतीलाई वैधानिकता दिने सरकारको तयारी
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कार्यवाहक प्रधानमन्त्री
एमाले बैठकमा नेतृत्वको कार्यशैलीमाथि प्रश्न, पुनर्गठन कार्यदलको प्रतिवेदन माग
भरत दाहालको रिटमा कारण देखाउ आदेश
त्रिपुरेश्वर बस आगलागीमा मृत्यु भएका चालकको पहिचान खुल्यो
सहारा नेपालको निर्वाचनमा होमिएकी प्रमिला तिम्सिना, उत्कृष्ट बुहारीदेखि महिला सदस्यको उम्मेदवारसम्म
आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×