ताप्लेजुङको दोभानमा आगलागी, १० घर जले

Share this
709shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ८, बिहीबार १५:४३

विराटनगर । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभानमा भीषण आगलागी हुँदा करिब १० घर जलेका छन् ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालका अनुसार स्थानीय डण्डु शेर्पाको घरबाट विद्युत् सर्ट भएर आगलागी सुरु भएको हो । आगलागी नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी परिचालन भएका छन् ।

Advertisement

सशस्त्र प्रहरी बल नेपाल नं. १ कञ्चनजंघा गुल्मबाट सुरक्षाकर्मीको टोली घटनास्थलमा परिचालन गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले बताए ।

प्रमुख जिल्ला अधिकारी दाहालका अनुसार आगो नियन्त्रणमा लिन दमकलसमेत प्रयोग गरिएको छ । दोभानमा करिब ५० घरधुरी रहेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×