चाडपर्व लक्षित यातायात व्यवस्थापनमा समितिको ५ बुँदे निर्देशन

Share this
734shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १४, बुधबार ०९:३१

काठमाडौं । दसैँ, तिहार र छठजस्ता चाडपर्व नजिकिँदै गर्दा यात्रुको आवागमनलाई सुरक्षित, सहज र मर्यादित बनाउन संघीय संसद्को पूर्वाधार विकास समितिले सरकार तथा सम्बन्धित निकायलाई ५ बुँदे निर्देशन दिएको छ। समितिको बैठकले चाडपर्वमा हुने यात्रुको चाप व्यवस्थापन, सुरक्षित यातायात सञ्चालन, टिकट र भाडा व्यवस्थापन तथा राजमार्गका होटल–रेस्टुरेन्टमा हुने ठगी नियन्त्रणका लागि विभिन्न निर्णय गरेको हो।

समितिले यात्रुको चापलाई ध्यानमा राख्दै पर्याप्त सवारीसाधन परिचालन गर्न र जथाभावी सवारी रोक्ने तथा यात्रु चढाउने प्रवृत्ति नियन्त्रण गर्न निर्देशन दिएको छ। निर्धारित बसपार्कबाट मात्र सवारी सञ्चालन गर्न, तोकिएका स्थानबाट टिकट बिक्री गर्न तथा सुरक्षित स्थानमा मात्र यात्रु चढाउने र ओराल्ने व्यवस्था मिलाउन भनिएको छ। यातायात सेवालाई अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, महिला तथा बालबालिकामैत्री बनाउन र यात्रुलाई आवश्यक सहजीकरणका लागि विभिन्न स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना गर्न पनि समितिले सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

Advertisement

चाडपर्वमा बढ्ने सवारी चाप र सम्भावित जोखिमको पूर्वमूल्याङ्कन गरी वैकल्पिक मार्गको तयारी गर्न समितिले भनेको छ। सवारीसाधनको अनिवार्य प्राविधिक परीक्षण, चालकलाई पर्याप्त विश्राम तथा सवारीको गति नियन्त्रणमा समेत ध्यान दिन निर्देशन दिइएको छ। क्षमताभन्दा बढी यात्रु राख्ने अर्थात् ओभरलोड नियन्त्रण गर्न, एकीकृत बसपार्क नीतिको प्रभावकारी कार्यान्वयन गर्न र सम्बन्धित निकायबीच आवश्यक समन्वय कायम गर्न पनि समितिले सरकारको ध्यानाकर्षण गराएको छ।

हरेक वर्ष चाडपर्वका बेला देखिने टिकट अभाव र तोकिएकोभन्दा बढी भाडा असुल्ने समस्या समाधान गर्न समितिले पूर्वाधार विकास मन्त्रालयलाई तत्काल कार्ययोजना बनाएर लागू गर्न निर्देशन दिएको छ। यात्रुले सहज रूपमा टिकट पाउने व्यवस्था मिलाउन, तोकिएको भाडादर प्रभावकारी रूपमा कार्यान्वयन गर्न र गुनासो सुनुवाइका लागि बलियो संयन्त्र बनाउन मन्त्रालयलाई भनिएको छ।

लामो दूरीका यात्रामा राजमार्गका होटल तथा रेस्टुरेन्टले खाना, खाजा र पिउने पानीमा चर्को मूल्य लिने तथा गुणस्तरहीन खाना बिक्री गर्ने समस्या रोक्न पनि समितिले सम्बन्धित निकायलाई निर्देशन दिएको छ। यात्रुले उपभोग गर्ने वस्तुको मूल्य र गुणस्तरमा प्रभावकारी निगरानी राख्न समितिले भनेको छ।

यसैबीच, सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउन समितिले यसअघि असोज ५ गते गठन गरेको उपसमितिलाई पूर्णता दिएको छ। समितिले राजु नाथ पाण्डेलाई उपसमितिको सदस्य चयन गरेको छ। उक्त उपसमितिले चाडपर्वका बेला यातायात क्षेत्रमा देखिने समस्या तथा यात्रुले भोग्ने कठिनाइको अनुगमन र समाधानका लागि काम गर्नेछ। सरोकारवालाबाट प्राप्त सुझाव र विचारलाई समेट्दै चाडपर्वको यात्रा कष्टरहित बनाउने उद्देश्यले यी निर्णय गरिएको समितिले जनाएको छ।

तपाइको प्रतिक्रिया
मोरङ–६ कांग्रेस अधिवेशन स्थलमा झडप, मनोनयन प्रक्रिया प्रभावित
मोरङ कांग्रेसद्वारा क्षेत्रीय अधिवेशनमा भएको झडपको भर्त्सना, निष्पक्ष छानबिनको माग 
विकास निर्माणका समस्या समाधान गर्न कानुन संशोधनको तयारी
प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १६ अर्ब १५ करोड
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
पदकधारी कराँते खेलाडी स्वदेश फिर्ता
क्षतिग्रस्त जलविद्युत् आयोजना पुनःनिर्माणमा ३ खर्ब ९० अर्बसम्म लाग्ने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×