साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ

Share this
717shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १५, बिहीबार २१:०१
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ

भैरहवा। भारतबाट नेपालतर्फ सुनका गहना ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले आज (बिहीबार) एक महिलालाई पक्राउ गरेको छ। सिद्धार्थनगर-१ स्थित शान्ति गेटमा चेकजाँचका क्रममा काठमाडौं-१९ की ४६ वर्षीया ईला पटेललाई पक्राउ गरिएको हो।

सीमा सुरक्षा गुल्म डण्डाका सशस्त्र प्रहरी नायव उपरीक्षक गोपिकृष्ण भट्टराईको नेतृत्वमा खटिएको टोलीले शंका लागेर खानतलासी गर्दा पटेलको साथबाट करिब २ करोड ५१ लाख ९३ हजार ३ सय ५० रुपैयाँ बराबरको गहना बरामद भएको सशस्त्र प्रहरी नायव उपरीक्षक दुर्गा थापाले जानकारी दिए। उक्त सामग्री २ किलो ६ सय ५ ग्राम तौलको छ।

प्रहरीले जिल्ला सुनचाँदी व्यवसायी संघसँग समन्वय गरी परीक्षण गर्दा बरामद गरिएका सामग्रीमध्ये १ किलो सुन रहेको पुष्टि भएको छ। बरामद गरिएका गहनाहरूमा हार, औंठी, चुरा, सिक्री, झुम्का, ब्रासलेटलगायतका विभिन्न प्रकारका गरगहना रहेका छन्। पक्राउ परेकी महिला र बरामद गरिएका गहनालाई आवश्यक कारबाहीका लागि बिहीबार नै भैरहवा भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×