दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र

Share this
734shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १८, आइतबार १४:०९
दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र

काठमाडौं । दशौँ  राष्ट्रिय खेलकुद प्रतियोगिता २०८३ को तयारीलाई तीव्रता दिन मूल आयोजक समितिको बैठक वीरेन्द्रनगरमा सुरु भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा कर्णाली खेलकुद विकास परिषद्को सहआयोजनामा आइतबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बैठक बसेको हो । बैठकमा कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीसहित सम्बन्धित सरकारी निकायका पदाधिकारी तथा विभिन्न क्षेत्रका प्रतिनिधिको सहभागिता रहेको छ।

आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने प्रतियोगितालाई व्यवस्थित र प्रभावकारी बनाउन बैठकमा तयारी तथा व्यवस्थापनका विभिन्न पक्षमा छलफल भइरहेको छ ।

प्रतियोगिताका लागि आवश्यक पूर्वाधार निर्माण तथा व्यवस्थापन, खेलाडीको सहभागिता, खेल सञ्चालनको योजना, सुरक्षा, आवास तथा अन्य व्यवस्थापन बैठकका प्रमुख एजेन्डा रहेका छन् ।

कर्णाली प्रदेशमा पहिलोपटक आयोजना हुन लागेको दशौँ  राष्ट्रिय खेलकुद प्रतियोगिता सफल बनाउन प्रदेश र केन्द्रस्तरबाट भइरहेको तयारीलाई थप प्रभावकारी बनाउने विषयमा समेत बैठक केन्द्रित रहेको जनाइएको छ ।

तपाइको प्रतिक्रिया
घुस लिएको आरोपमा विद्युत् प्राधिकरण इटहरीका इन्जिनियरविरुद्ध मुद्दा
मधेश प्रदेशमा भ्रष्टाचारसम्बन्धी १० हजार ७४६ उजुरी
झलनाथ खनालको नेतृत्वमा समाजवादी जागरण अभियान घोषणा
२० अंकले घट्यो नेप्से
विराटनगरका उद्योगीको मागः नीतिगत झन्झट हटाएर उद्योगमैत्री वातावरण बनाऊ
विराटनगर किंग्स र एभरेस्ट बैंकले गरे सहकार्य सम्झौता
अब व्यवहार बदल्ने बेला
बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि साढे ५ खर्ब बजेट सिफारिस
कांग्रेसको संकल्प : चुनावअघि गठबन्धन नगर्ने, रुख चिह्नमै एक्लै प्रतिस्पर्धा
गगन थापाको ४६ पृष्ठे प्रतिवेदनमा कांग्रेस बदल्ने प्रस्ताव (पूर्णपाठसहित)
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×