गगन थापाले गरे कांग्रेसको १५ औँ महाधिवेशन उद्घाटन

Share this
769shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १८, आइतबार १५:३६
गगन थापाले गरे कांग्रेसको १५ औँ महाधिवेशन उद्घाटन

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५ औँ महाधिवेशनको आइतबार (आज) औपचारिक उद्घाटन गरेका छन् ।

सभापति थापाले कांग्रेसका संस्थापक तथा अग्रज नेताहरूको तस्बिरमा माल्यार्पण गर्दै महाधिवेशनको उद्घाटन गरेका हुन् । उनले दीप प्रज्वलन गर्नुका साथै बिरुवामा जल सेचनसमेत गरेका थिए ।

महाधिवेशन उद्घाटन समारोहमा कांग्रेसका अग्रज नेताहरूको योगदानको स्मरण गर्दै विभिन्न दलका नेताहरूले समेत उनीहरूको तस्बिरमा माल्यार्पण गरेका थिए ।

महाधिवेशनले कांग्रेसको आगामी राजनीतिक दिशा, संगठनात्मक रणनीति तथा नयाँ नेतृत्व चयनका विषयमा महत्त्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×