पहाडी क्षेत्रमा वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना

Share this
717shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १९, सोमबार ०६:३५

काठमाडौं । देशका पहाडी तथा हिमाली क्षेत्रमा आज (सोमबार) वर्षा र हिमपातको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका अधिकांश स्थानमा भने मौसम तुलनात्मक रूपमा सफा रहनेछ ।

महाशाखाले देशमा मनसुनी र पश्चिमी वायुको संयुक्त प्रभाव रहेको जनाएको छ । कर्णाली, सुदूरपश्चिम तथा गण्डकी र लुम्बिनी प्रदेशका पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभाव देखिएको छ । अन्य प्रदेशमा मनसुनी वायुसँगै पश्चिमी वायुको आंशिक असर रहेको छ ।

हाल हिमाली तथा पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहेको छ । लुम्बिनीको तराई क्षेत्रमा आंशिक बदली भए पनि अन्य तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ । कोशीका केही स्थान तथा बागमती र लुम्बिनीका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

सोमबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागमा पनि साधारणतया बदली रहने अनुमान छ । ती प्रदेशका हिमाली क्षेत्र र देशका तराई भू–भागमा भने आंशिक बदली हुने सम्भावना छ ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा मध्यम वर्षा र हिमपात हुनसक्छ । कर्णाली र सुदूरपश्चिमका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ भने पहाडी क्षेत्रका केही स्थानमा मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ ।

कोशीसहित मधेश, बागमती, गण्डकी र लुम्बिनीका तराई क्षेत्रका एक–दुई स्थानमा पनि मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।

तपाइको प्रतिक्रिया
कांग्रेसको आगामी दशकका लागि थापाले अघि सारे ‘पुनर्जागरण र समुन्नति’को खाका
जेनजी आन्दोलनका मुद्दा फिर्ता लिन मिल्छ ? समितिले दियो यस्तो राय
दसैँका लागि डोल्पाबाट भेडाच्याङ्ग्रा ल्याउन थालियो
वैकल्पिक मार्गमा तस्करी रोक्न झापा प्रशासनको निगरानी, १५ दिनमा सुरक्षा प्रतिवेदन बुझाउनुपर्ने
जितिया मनाउन गएका दुई किशोरीको डुबेर मृत्यु
सभापतिमा उठ्न ४० हजार र केन्द्रीय सदस्यमा ११ हजार शुल्क
इनरुवामा काउली बोकेको ट्रकबाट अन्दाजी २ हजार ४९० किलो गाँजा बरामद
पहाडी क्षेत्रमा वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना
कांग्रेसको १५ औं महाधिवेशन : बन्दसत्र सुरु हुँदै
बदलिएको कांग्रेसले देश पनि बदल्छ: गगन थापा
सत्तामुखी राजनीतिदेखि पार्टी सुधारसम्म : गगनको प्रतिवेदनमा कांग्रेसको आत्मस्वीकारोक्ति (पूर्णपाठ)
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×