इनरुवामा काउली बोकेको ट्रकबाट अन्दाजी २ हजार ४९० किलो गाँजा बरामद

Share this
659shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १९, सोमबार ०७:१२
फाइल फोटो ।

विराटनगर । सुनसरीको इनरुवामा मध्यराति काउली (तरकारी) बोकेको ट्रकबाट ठूलो परिमाणमा गाँजा बरामद भएको छ । काउलीको बीचमा लुकाएर लैजाँदै गरिएको अन्दाजी २ हजार ४९० किलो गाँजासहित ट्रक चालक र सहचालकलाई प्रहरीले पक्राउ गरेको छ ।

यद्यपि, गाँजाको आधिकारिक परिमाण भने तौल लिएपछि मात्रै यकिन हुनेछ । तौल लिएर परिमाण यकिन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

इनरुवा नगरपालिका–३ स्थित सखुवागाछी चोकमा चेकजाँच गर्ने क्रममा ना ७ ख १८२५ नम्बरको ट्रकबाट सोमबार बिहानका राति १२ः४५ बजेतिर ८३ बोरा गाँजा बरामद भएको सुनसरी प्रहरीका निमित्त सूचना अधिकारी इन्स्पेक्टर हेमराज ओलीले बताए । उनका अनुसार धनकुटाको सहिदभूमि गाउँपालिका–२ का ३३ वर्षीय राजु राईले चलाएको उक्त ट्रक पूर्वबाट पश्चिमतर्फ जाँदै थियो ।

ट्रकको पछाडिको भागमा काउली राखिएको र सोही काउलीको बीचमा लुकाएर ओसारपसार भइरहेको अवस्थामा गाँजा फेला परेको जानकारी ओलीले दिए । ट्रकलाई नियन्त्रणमा लिएर गाँजा बरामद गर्दै प्रहरीले चालक राई राईसँगै सहचालक सहिदभूमि गाउँपालिका–२ का १८ वर्षीय सन्दीप राईलाई पक्राउ गरेको छ ।

दुवै जनाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ । बरामद गाँजा, ट्रक, चालक र सहचालकलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ ।

शब्जीको आडमा ठूलो परिमाणमा गाँजा ओसारपसार भइरहेको खुलेपछि प्रहरीले घटनाको विस्तृत अनुसन्धान अघि बढाएको छ । गाँजा कहाँबाट ल्याइएको र कुन ठाउँमा लगिएको हो भन्ने यकिन छैन ।

यद्यपि, धनकुटासमेतका पहाडी जिल्लामा उत्पादन हुने गाँजा भारततर्फ कटाउन तरकारी बोकेको ट्रकमा लुकाएर ल्याइएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । विस्तृत अनुसन्धानपछि घटनाको वास्तविकता पत्ता लाग्ने प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
खाम्लेतदेखि राष्ट्रसेवासम्म : पाँच दाजुभाइको प्रेरणादायी यात्रा
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका
मोरङको बूढीगंगामा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा युवकको मृत्यु
अन्नपूर्ण आधार शिविरमा बढ्यो पर्यटकको चाप
कांग्रेसको आगामी दशकका लागि थापाले अघि सारे ‘पुनर्जागरण र समुन्नति’को खाका
जेनजी आन्दोलनका मुद्दा फिर्ता लिन मिल्छ ? समितिले दियो यस्तो राय
दसैँका लागि डोल्पाबाट भेडाच्याङ्ग्रा ल्याउन थालियो
वैकल्पिक मार्गमा तस्करी रोक्न झापा प्रशासनको निगरानी, १५ दिनमा सुरक्षा प्रतिवेदन बुझाउनुपर्ने
जितिया मनाउन गएका दुई किशोरीको डुबेर मृत्यु
सभापतिमा उठ्न ४० हजार र केन्द्रीय सदस्यमा ११ हजार शुल्क
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×