ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु

Share this
722shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १९, सोमबार ११:२१

बाग्लुङ । निसीखोला गाउँपालिका–३ बोहरागाउँमा सडक निर्माणका क्रममा माटोको ढिस्को खस्दा पुरिएर आज (सोमबार) बिहान दुई जना मजदुरको मृत्यु भएको छ । घटनामा अर्का एक मजदुर गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईका अनुसार मृत्यु हुनेमा सल्यानका २८ वर्षीय लालबहादुर बुढाथोकी र उदयपुर गाईघाटका ३२ वर्षीय राजु थापा छन् ।

काप्रा–बोहरागाउँ–छापाखानी प्यूठान सडकखण्ड निर्माणका क्रममा काम गरिरहेका बेला अचानक माटोको ढिस्को खसेर उनीहरू पुरिएका थिए । उद्धार गर्ने क्रममा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा रोल्पाका कृष्ण घर्ती मगर गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि प्रादेशिक अस्पताल बुर्तिबाङ लगिएको निसीखोला गाउँपालिका–३ का वडाध्यक्ष रमेशविक्रम शाहीले जानकारी दिए ।

चालक भद्र मल्लले चलाएको लु१क ३४४६ नम्बरको जेसिबीले सडक स्तरोन्नतिको काम गरिरहेका बेला माटोको ढिस्को खसेर मजदुर पुरिएका हुन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×