पहाडदेखि तराईसम्म वर्षाको सम्भावना

Share this
720shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २०, मंगलबार ०६:४२

काठमाडौं । मनसुनी र पश्चिमी वायुको प्रभावका कारण मंगलबार देशका अधिकांश भू–भागको मौसम बदली रहने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार केही स्थानमा चट्याङसहित वर्षा तथा हिमाली क्षेत्रमा हिमपातसमेत हुन सक्ने सम्भावना छ ।

महाशाखाका अनुसार बिहानैदेखि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो भू–भागमा बादल लागेको छ । कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा पनि मौसम बदली भएको छ । कोशी प्रदेशका एक–दुई स्थान तथा बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा मध्यम वर्षा भइरहेको छ ।

दिउँसो देशभर सामान्यतया बदली रहने पूर्वानुमान छ । कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली क्षेत्रमा केही स्थानमा चट्याङसहित मध्यम वर्षा र हिमपात हुन सक्नेछ ।

कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा पनि एक–दुई स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा केही स्थानमा तथा तराईका थोरै स्थानमा समेत चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

राति हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बादल लाग्नेछ । लुम्बिनी र सुदूरपश्चिमको तराई क्षेत्रमा पनि मौसम बदली रहनेछ भने अन्य तराई क्षेत्रमा आंशिक बदली हुने अनुमान छ ।

राति हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षासँगै हिमपात हुन सक्नेछ । पहाडी भूभागका थोरै स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । यस्तै, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा केही स्थान तथा मधेशसहित कोशी, बागमती र गण्डकीका तराई भूभागका एक–दुई स्थानमा पनि चट्याङसहित मध्यमसम्म वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×