भोटेकोशी बाढी अध्ययनबारे संसदीय विशेष समितिको बैठक बस्दै

Share this
656shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २०, मंगलबार ०९:०२

काठमाडौं । भोटेकोशी बाढीको प्रभाव अध्ययन गर्न गठित संसदीय विशेष समितिको बैठक आज (मंगलबार) बस्ने भएको छ । संसद् सचिवालय भवन नम्बर १ स्थित कोठा नम्बर ४११ मा रहेको सार्वजनिक लेखा समितिको हलमा बस्ने बैठकमा गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात (पूर्वाधार विकास) मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधिसँग छलफल हुने मुख्य एजेन्डा रहेको छ ।

बैठकमा भोटेकोशी बाढीबाट भएको क्षति, राहत तथा पुनर्निर्माणका प्रयास र कानुनी तथा पूर्वाधारसम्बन्धी भावी रणनीतिका विषयमा छलफल हुनेछ । समितिले सम्बन्धित विषयमा आवश्यक छलफलका लागि सदस्यहरूलाई उपस्थित हुन अनुरोध गरेको छ ।

गणेश पराजुली सभापति रहेको समितिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट गणेश पराजुलीसहित निशा डाँगी, अच्युतम लामिछाने, अनुश्का श्रेष्ठ, धनञ्जय रेग्मी, रवीन्द्र पटेल, मिङ्मा ग्याबु शेर्पा र सुजाता तामाङ सदस्य छन् ।

समितिमा नेपाली कांग्रेसबाट मोहन आचार्य र सीता थपलिया, नेकपा (एमाले)बाट गंगादेवी श्रेष्ठ र पुष्पराज कंडेल, नेकपाबाट रमेशकुमार मल्ल, श्रम संस्कृति पार्टीबाट ध्रुवराज राई तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट सरश्वती लामा सदस्य रहेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×