दसैंको अग्रिम टिकट बुकिङ खुलाउने तयारी

Share this
726shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २०, मंगलबार ०९:१२
अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा वृद्धि

काठमाडौं । दसैंका लागि घर जाने यात्रुले अग्रिम बस टिकट कहिलेदेखि बुक गर्न पाउने भन्ने टुंगो लगाउन यातायात व्यवस्था विभागले आज (मंगलबार) यातायात व्यवसायीसँग छलफल गर्दैछ ।

विभागको सभा हलमा बिहान ११ बजे हुने छलफलमा दसैंको अग्रिम टिकट बुकिङ खोल्ने मिति, यात्रुको चाप र यातायात व्यवस्थापनलगायत विषयमा छलफल हुने बताइएको छ ।

छलफलका लागि विभागले प्रहरी प्रधान कार्यालयको राजमार्ग तथा सुरक्षा महाशाखा, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ, नेपाल ट्रक यातायात व्यवसायी संघ र ल्होत्से बहुउद्देश्यीय सहकारी संघलाई बोलाएको छ ।

दसैं नजिकिँदै गए पनि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ नखुल्दा काठमाडौं उपत्यकाबाट घर जाने यात्रु अन्योलमा छन् । केही यातायात कम्पनीले भने अनलाइनमार्फत टिकट बुकिङ सुरु गरिसकेका छन् । तर, सबै यातायात व्यवसायीका लागि अग्रिम बुकिङ नखुल्दा यात्रुमा अन्योल कायमै छ ।

दसैंमा टिकट नपाउने, बसपार्कमा लामो लाइन लाग्नुपर्ने र यात्राका क्रममा सास्ती खेप्नुपर्ने अवस्था हरेक वर्ष दोहोरिँदै आएको छ । त्यसलाई व्यवस्थित गर्न विभागले सरोकारवालासँग छलफल गर्न लागेको हो ।

यसपालिको दसैं अवधिमा १० लाखभन्दा बढी यात्रुले काठमाडौं उपत्यका छाड्ने अनुमान गरिएको छ । ठूलो संख्यामा यात्रु बाहिरिने भएकाले अग्रिम टिकट बुकिङ कहिलेदेखि खुलाउने भन्ने निर्णयलाई यात्रुले चासोका साथ हेरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×