११ दशमलव ९६ अंकले बढ्यो नेप्से

Share this
742shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २०, मंगलबार १७:०६

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज (मंगलबार) दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढेर दुई हजार ५७८ दशमलव ७३ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई अङ्कले बढेर ४६१ दशमलव ८६ मा पुगेको छ ।

त्यसैगरी फ्लोट सूचक शून्य दशमलव ८२ अंकले बढेर १७७ दशमलव ७१ मा पुगेको छ । सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ७५ अङ्कले बढेर १५५ दशमलव ८४ मा पुगेको छ । आज विभिन्न कम्पनीका ८९ लाख ५५ हजार २३० कित्ता सेयर तीन अर्ब १३ करोड ८१ लाख १९ हजार ५२८ मूल्यमा खरिद बिक्री भएको छ । १३ उपसमूहमध्ये ११ उपसमूह बढ्यो भने दुई उपसमूह घट्यो ।

आज १६९ कम्पनीको सेयर बढ्यो भने ९५ कम्पनीको सेयर घट्यो । त्यसैगरी १५ कम्पनीको सेयर स्थिर रह्यो । नेप्सेका अनुसार त्रिशूली जलविद्युत् कम्पनी, साल्पा विकास बैंक, हाथवे इन्भेष्टमेन्ट नेपाल लगायतका लगानीकर्ताले कमाएका छन् । त्यसैगरी सर्वोत्तम पेन्ट्स, एनआइविएल ग्रोथ फण्ड, चिर्खवा हाइड्रोपावर लगायतका कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

तपाइको प्रतिक्रिया
चाडपर्वमा सुरक्षा व्यवस्था कडा बनाउन डीआईजी खनालको निर्देशन
दसैंको टीका कात्तिक ४ गते, बिहान १०ः२६ बजे उत्तम साइत
कांग्रेस सभापतिमा गगनको उम्मेदवारी
नागरिक सुरक्षामा प्रहरी सेवा थप प्रभावकारी बनाउने डीआईजी खनालको प्रतिबद्धता
एमालेमा सार्वजनिक असहमति रोक्ने ओलीको कडा सन्देश, नेतृत्व हस्तान्तरणमा भने ‘हतार नगर्न’ जोड
सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस, बागचन्दको लामो प्रतीक्षाको अन्त्य
कांग्रेसको विधान संशोधन प्रस्ताव पारित
कांग्रेस महाधिवेशनको बन्द सत्रमा छलफल सकियो, बुधबार प्रस्ताव र प्रतिवेदन पारित गरिँदै
गगनका पूर्वशिक्षक खड्गीले दिए कांग्रेस सभापतिमा उम्मेदवारी
बेल्जियमका वैज्ञानिकले पाए भौतिशास्त्रको नोबेल पुरस्कार
११ दशमलव ९६ अंकले बढ्यो नेप्से
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×