बिर्तामोडमा फर्निचर पसलमा आगलागी, एक जना घाइते

Share this
685shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २१, बुधबार २०:१६

झापा । झापाको बिर्तामोड नगरपालिका–४ अन्नपूर्ण चोकमा फर्निचर पसलमा आगलागी हुँदा एक जना घाइते भएका छन् । आगलागीबाट एउटा घरसहित फर्निचर उद्योग तथा सो रुम पूर्ण रूपमा जलेर क्षति भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बुधबार बिहान करिब १०ः४५ बजेतिर स्थानीय देवी सुब्बाको तीन तले पक्की घरको भुइँतलामा उनका छोरा हर्कजंग सुब्बाले सञ्चालन गरेको देवी उडन फर्निचर पसलमा आगलागी भएको हो । आगलागीको कारण भने तत्काल खुल्न सकेको छैन ।

आगलागीबाट सोही घरसँग जोडिएको कृष्णकुमारी राईको घरमा भाडामा सञ्चालन हुँदै आएको दिव्याश्री अग्रवालको जय ट्रेड फर्निचर फ्याक्ट्री एन्ड सो रुम पूर्ण रूपमा जलेर नष्ट भएको छ । आगलागीका कारण सो भवनमा समेत पूर्ण क्षति पुगेको प्रहरीले जनाएको छ । पछाडि रहेका अन्य दुई वटा घरमा समेत आगोको रापका कारण सामान्य क्षति पुगेको बताइएको छ ।

आगलागी भएको घरबाट सामान निकाल्ने क्रममा अर्जुनधारा नगरपालिका–३ का ३९ वर्षीय तिलबहादुर रम्तेल एक तलामाथिबाट हामफाफ्दा दाहिने खुट्टामा चोट लागेको छ र उनको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

आगलागीको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनी, जिल्ला प्रहरी कार्यालय झापाको टोली र सशस्त्र प्रहरी बेस क्याम्प शनिश्चरेको टोली घटनास्थल पुगी आगो नियन्त्रणमा सहयोग गरेका थिए । प्रहरी, स्थानीय तथा मेचीनगर, बिर्तामोड र भद्रपुर नगरपालिकाका दमकलको सहयोगमा आगो दिउँसो  नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। आगो दिउँसो १ बजेतिर पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

आगलागीबाट भएको क्षतिको यकिन विवरण तथा आर्थिक मूल्यांकन हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
दसैँ-तिहार सुरक्षामा ५० हजार प्रहरी परिचालन
सरकारद्वारा तीन अध्यादेश जारी गर्न सिफारिस
संखुवासभाको दुर्गम भोटखोला क्षेत्रमा विद्युतको केन्द्रीय प्रसारण लाइन
प्रधानमन्त्री राहत कोषमा १७ अर्ब
बिर्तामोडमा फर्निचर पसलमा आगलागी, एक जना घाइते
बीएस्सी सीएसआईटी र बीसीएका नयाँ विद्यार्थीलाई विराट क्षितिजको अभिमुखीकरण
बीएस्सी सीएसआईटी र बीसीएका नयाँ विद्यार्थीलाई विराट क्षितिजको अभिमुखीकरण
तीनकुने आन्दोलनमा सुरक्षा संयन्त्र असफल, चार अधिकारीमाथि कारबाही सिफारिस
मन्त्रिपरिषद्को निर्णय: तीन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस, अरु के के छन् ?
विदेशमा दसैँको टीका लगाउने समय देशअनुसार फरक
विपद्मा बेपत्ता भएकालाई ४५ दिनमै मृतक घोषणा गर्न सरकारको तयारी
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×