झापा, मोरङ र सुनसरीबाट १० जना पक्राउ

Share this
794shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २२, बिहीबार १०:४२
कोशीका विभिन्न जिल्लाबाट फरार ८ जना  प्रतिवादी पक्राउ

विराटनगर । झापा, मोरङ र सुनसरीका विभिन्न स्थानबाट प्रहरीले १० जनालाई पक्राउ गरेको छ । बुधबार पक्राउ परेकाको साथबाट लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ ।

झापाको दमकबाट चार जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय दमकको टोलीले दमक नगरपालिका–८ का दीपककुमार साह, दमक–२ का निक्सल देवान, दमक–५ का राहुल गुरुङ र कमल गाउँपालिका–४ का अरुण राईलाई ३ ग्राम ५६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

यस्तै, सुनसरीको इटहरी उपमहानगरपालिका–१९ बाट ५०० मिलिग्राम ब्राउन सुगरसहित अमन चौधरी पक्राउ परेका छन् । उनलाई प्रदेश अनुसन्धान समूह र प्रहरी चौकी तरहराबाट खटिएको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले बराहक्षेत्र नगरपालिका–३ का पुजन राजधामी, रमित राजधामी र समीर राजधामीलाई ८२० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।

यसैगरी, विराटनगर महानगरपालिका–१८ बाट भारतको अररियाका प्रवेशकुमार साह र सुरेशकुमार साह पक्राउ परेका छन् । उनीहरूको साथबाट २४ किलो ४०० ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मिलाउनु ल

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×