‘इन्टरनेट शुल्क बढेको छैन, बढी लिए कारबाही’

Share this
698shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २४, शनिबार १०:०६

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा शुल्क वृद्धि नभएको स्पष्ट पार्दै स्वीकृत दरभन्दा बढी शुल्क लिने तथा उपभोक्तालाई मर्कापर्ने गरी अनधिकृत रूपमा सेवा सञ्चालन गर्ने प्रदायकमाथि कारबाही गर्ने चेतावनी दिएको छ ।

इन्टरनेट सेवाको शुल्क बढेको भन्दै विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै प्राधिकरणले हालै इन्टरनेट तथा इमेल सेवा प्रदायकबाट शुल्क वृद्धि गर्ने कुनै प्रस्ताव प्राप्त नभएको र आफूले पनि शुल्क बढाउन स्वीकृति नदिएको स्पष्ट पारेको हो ।

प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकले सेवा उपलब्ध गराएबापत लिने शुल्क उचित र मनासिब हुनुपर्ने उल्लेख गरेको छ । प्राधिकरणले तोकेको निर्देशिकाबमोजिम शुल्क निर्धारण गरी लागू हुने मितिसमेत उल्लेख गरेर कम्तीमा तीन महिनाअघि स्वीकृतिका लागि पेस गर्नुपर्ने प्रावधान स्मरण गराएको छ ।

प्राधिकरणबाट स्वीकृत शुल्क दर सार्वजनिक रूपमा प्रकाशन गर्नुपर्ने, स्वीकृत दरभन्दा बढी शुल्क लिन, पूर्वस्वीकृतिबिना शुल्क वृद्धि गर्न तथा उपभोक्तालाई मर्का पर्ने गरी अनधिकृत रूपमा सेवा सञ्चालन गर्न नपाइने वैधानिक व्यवस्थाबारे सचेत गराउँदै प्राधिकरणले नियमविपरीत गतिविधि गरेमा दूरसञ्चार ऐन तथा नियमावलीबमोजिम सेवा प्रदायकमाथि कारबाही गरिने चेतावनी दिएको छ ।

तपाइको प्रतिक्रिया
इलाममा भरुवा बन्दुकसहित ६० वर्षीय देवान पक्राउ
बाढीले बुढीगण्डकी जलविद्युत् आयोजनाको क्याम्प बगायो
भोटेकोशी बाढीपछि तङ्ग्रिन नपाउँदै थपियो बूढीगण्डकीको पीडा, यस्तो छ अहिलेसम्मको क्षति
कोशीको नाम फेर्न एकतिहाइले प्रस्ताव ल्याउन सक्ने, समर्थन दुईतिहाइको चाहिने
बुढीगण्डकीमा बाढीको वितण्डा : ३५ घर बगे, पुलहरू ध्वस्त
तरकारीको आडमा गाँजा तस्करी : मोरङमा ५७० किलो बरामद, पिकअप छाडेर चालक फरार
विराटनगरबाट शव बोकेर भोजपुर जाँदै गरेको एम्बुलेन्स धनकुटामा दुर्घटना, चालक गम्भीर
झापामा टिफरको ठक्करबाट साइकल यात्रीको मृत्यु 
झापामा ट्रक र ईभी कार ठोक्किँदा दुई प्रहरीसहित चार जना घाइते, वरिष्ठ सईको अवस्था गम्भीर
लिग–२ को अन्तिम शृङ्खला : नेपालले क्यानडासँग खेल्दै
बुढीगण्डकीको भीषण बाढीले सल्लेरी बजार बगायो
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×