सुनको मूल्य तोलामा २१ सय रुपैयाँले घट्यो

Share this
733shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २६, सोमबार १०:५८
सुनको मूल्यमा भारी वृद्धि 

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुन र चाँदी दुवैको मूल्य घटेको छ । अघिल्लो दिन प्रतितोला दुई लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार दुई हजार १०० रुपैयाँले घटेर दुई लाख ९४ हजार ४०० रुपैयाँ कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार १० ग्राम छापावाल सुनको मूल्य दुई लाख ५२ हजार ४०० रुपैयाँ तोकिएको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले घटेको छ । अघिल्लो दिनको तुलनामा घटेर चाँदी सोमबार प्रतितोला चार हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार १० ग्राम चाँदीको मूल्य तीन हजार ७८५ रुपैयाँ तोकिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×