खैरो हेरोइनसहित दुई जना युवक पक्राउ

Share this
661shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २७, मंगलबार ०८:४१

सिरहा । सिरहाको गोलबजार नगरपालिका–१ बैरीबाणबाट प्रहरीले खैरो हेरोइनसहित दुई युवकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सोमबार प्रहरी चौकी मुक्सार र लागूऔषध नियन्त्रण ब्युरोको गोलबजार शाखाबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले बैरीबाणबाट कसाहातर्फ जाँदै गरेको स ६ प ७३३७ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्ने क्रममा चालक धनगढीमाई नगरपालिका–१३ का १९ वर्षीय सुरज यादवको साथबाट ५.५७ ग्राम खैरो हेरोइन फेला पारेको जनाएको छ ।
मोटरसाइकलको पछाडि सवार सोही ठाउँका १९ वर्षीय श्यामबाबु कुमार यादवलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता रमेशबहादुर पालका अनुसार पक्राउ परेका दुवै जनालाई खैरो हेरोइन र मोटरसाइकलसहित इलाका प्रहरी कार्यालय गोलबजारमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
विराटनगरमा जीवन विकासको मिठाइमा ढुसी, नमुना परीक्षणमा
विराटनगरमा जीवन विकासको मिठाइमा ढुसी, नमुना परीक्षणमा
राष्ट्रपति पौडेलद्वारा दुई वटा अध्यादेश जारी
विभागीय टोली आर्मीलाई आइटीएफ तेक्वान्दोको उपाधि 
विभागीय टोली आर्मीलाई आइटीएफ तेक्वान्दोको उपाधि 
कोशीमा चाडपर्व सुरक्षाका लागि ८ हजारभन्दा बढी प्रहरी परिचालन
कोशीमा १४ भाषालाई सरकारी कामकाजको मान्यता, दलहरूद्वारा स्वागत
संखुवासभाको दुर्गम गाउँमा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली
कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित
जलवायु परिवर्तनका चुनौती सामना गर्न नेपाल–दक्षिण अफ्रिका सहकार्यमा जोड
पाथीभरामा चहलपहल बढ्यो, एकै दिन ठूलो संख्यामा तीर्थालु
राजमार्गका होटलमा बासी खाना दिए कारबाही हुने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×