संघीय सरकारले प्रदेशलाई अधिकार दिन कन्जुस्याइँ गर्‍यो : मुख्यमन्त्री आचार्य

Share this
720shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २७, मंगलबार १०:५५

विराटनगर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानले दिएको अधिकारसमेत संघीय सरकारले प्रदेशलाई हस्तान्तरण नगरेको गुनासो गरेका छन् । उनले संघीयता कार्यान्वयनमा आएको लामो समय बितिसक्दा पनि प्रदेश र स्थानीय तहलाई अधिकार दिन संघले कन्जुस्याइँ गरेको आरोप लगाए ।

विराटनगरमा आयोजित अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा बोल्दै आचार्यले संविधानले व्यवस्था गरेका अधिकार कार्यान्वयन गर्नुको सट्टा संघीय सरकारले तिनलाई संकुचित गर्दै लगेको बताए ।

प्रदेश सरकार गठन भएको लामो समय बितिसक्दा पनि प्रशासनिक अधिकार पूर्ण रूपमा हस्तान्तरण नभएको र प्रदेश प्रहरी ऐनसमेत नबनेको उनको भनाइ छ । संघीय कानुन संशोधन नहुँदा प्रदेश सञ्चालनमा समस्या भएको उल्लेख गर्दै उनले पुराना कानुनले प्रदेशको आर्थिक विकास र प्रशासनिक कामकारबाहीमा बाधा पुर्‍याएको बताए ।

संघीय संसद्मा विचाराधीन निजामती सेवा ऐनजस्ता महत्त्वपूर्ण कानुन समयमै नबन्दा कर्मचारीतन्त्रमा अन्योल बढेको र कर्मचारीको मनोबलसमेत कमजोर भएको आचार्यले बताए ।

उनले वित्तीय अधिकारसमेत संघीय सरकारले क्रमशः संकुचित गर्दै लगेको आरोप लगाए । कानुनी अड्चन र अधिकारको अभावले प्रदेश सञ्चालनमा चुनौती थपिएको भन्दै उनले संघीय सरकारलाई तत्काल अधिकार हस्तान्तरण गर्न र आवश्यक कानुन संशोधन गर्न आग्रह गरे ।

तपाइको प्रतिक्रिया
कोशीका विभिन्न जिल्लाबाट फरार ८ जना  प्रतिवादी पक्राउ
विराटनगरबाट खैरो हेरोइनसहित दुई युवक पक्राउ
झापामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
धरानमा लागुऔषधका मुद्दा सर्वाधिक, तीन वर्षमा ४०६ घटना प्रहरीमा दर्ता
कांग्रेसको दलित सहमहामन्त्रीमा प्रकाश रसाइलीको शानदार जित
डढेलोले दक्षिणपूर्वी एसिया प्रभावित, सिंगापुरमा प्रदूषण उच्च
रास्वपामा टिकटको नयाँ सूत्र : उम्मेदवार छनोटमा ४० प्रतिशतसम्म सदस्यको मत
विभिन्न प्रदेशका पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
पर्यटक भिसामा मोरङ आएर धर्म प्रचार, २४ कोरियालीलाई तीन वर्ष नेपाल प्रवेशमा रोक
१० राजदूतको बाटो खुल्यो, सुनार अस्वीकृत
नवरात्रको पाँचौं दिन स्कन्दमाताको आराधना, शक्ति र ज्ञान प्राप्तिको कामना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×