संघले खुट्टा बाँधेर दौडिन भनिरहेको छ : मुख्यमन्त्री पाण्डे

Share this
785shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २७, मंगलबार ११:३०

विराटनगर । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघ सरकारले आवश्यक कानुन नबनाइदिँदा प्रदेश सरकारहरूले प्रभावकारी रूपमा काम गर्न नसकेको बताएका छन् । विराटनगरमा आयोजित मुख्यमन्त्री सम्मेलनमा बोल्दै उनले संघले प्रदेशको खुट्टा बाँधेर दौडिन भनेजस्तो व्यवहार गरिरहेको टिप्पणी गरे ।

‘हामीलाई दौडिन सकेन, दौडिन सकेन भनेर चौतर्फी भनिएको छ, तर हाम्रो खुट्टा बाँधिएको छ,’ पाण्डेले भने, ‘खुट्टा बाँधेर दौड भन्दा दौडिन नसक्नु स्वाभाविक हो । अनि उल्टै नाच्न जान्दैन, आँगन टेढो भनेजस्तै टिप्पणी सुन्नुपरेको छ ।’

उनले यसअघिका प्रधानमन्त्रीहरूले प्रदेशलाई बलियो बनाउने कानुन निर्माणमा गम्भीरता नदेखाएको आरोप लगाए । प्रधानमन्त्रीहरूसँगको छलफलमा प्रदेशका अधिकार र आवश्यक कानुनबारे कुरा उठाउँदा पनि व्यंग्यात्मक टिप्पणी सुन्नुपरेको अनुभव उनले सुनाए । वर्तमान प्रधानमन्त्रीसँग भने पर्याप्त छलफल गर्न नपाएको उनको भनाइ छ ।

संविधान जारी भएको ११ वर्ष पुग्न लाग्दासमेत राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रमा केन्द्रीकृत मानसिकता कायम रहेको पाण्डेले बताए । ‘चाहे राजनीतिक पार्टीका नेताहरू हुन् या कर्मचारीतन्त्रको नेतृत्व, सबैमा पुरानै केन्द्रीकृत मानसिकता हाबी छ,’ उनले भने ।

संविधानअनुसार आवश्यक कानुन नबनाइए संघीयताको पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने उनको भनाइ थियो । केन्द्रीकृत मानसिकताकै कारण प्रदेशका लागि अत्यावश्यक कानुन निर्माण हुन नसकेको उनले बताए । संविधानसँग बाझिएका पुराना कानुन संशोधन वा खारेज गर्नुपर्ने भए पनि तिनै कानुन देखाएर प्रदेशलाई अधिकार प्रयोग गर्नबाट रोकिएको पाण्डेको आरोप छ ।

‘प्रहरी समायोजन गर्न खोज्दा २०१२ सालको प्रहरी ऐन बाधक देखाइन्छ, शिक्षा ऐन बनाउन खोज्दा २०२८ सालको ऐन अघि सारिन्छ, अनि वनको अधिकार प्रयोग गर्न खोज्दा २०४९ सालको वन ऐन देखाएर प्रदेशका काम रोकिएका छन्,’ उनले भने । संघ सरकारले कानुन नबनाएको भन्दै प्रदेशलाई पछाडि पारिरहने अवस्था अब स्वीकार्य नहुने पाण्डेले बताए । गण्डकी प्रदेश सरकारले अब आफ्ना कानुन आफैँ बनाउने उनको भनाइ छ ।

‘संघले कानुन नबनाइदिएका कारण हामी धेरै पर्खिन सक्ने अवस्थामा छैनौँ । त्यसैले गण्डकी प्रदेश सरकारले अब आफ्ना कानुन आफैँ बनाउँछ,’ उनले भने, ‘यद्यपि, हामीले बनाएका कतिपय कानुन अहिले अदालत पुगेर रोकिएका पनि छन् ।’

तपाइको प्रतिक्रिया
कोशीका विभिन्न जिल्लाबाट फरार ८ जना  प्रतिवादी पक्राउ
विराटनगरबाट खैरो हेरोइनसहित दुई युवक पक्राउ
झापामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
धरानमा लागुऔषधका मुद्दा सर्वाधिक, तीन वर्षमा ४०६ घटना प्रहरीमा दर्ता
कांग्रेसको दलित सहमहामन्त्रीमा प्रकाश रसाइलीको शानदार जित
डढेलोले दक्षिणपूर्वी एसिया प्रभावित, सिंगापुरमा प्रदूषण उच्च
रास्वपामा टिकटको नयाँ सूत्र : उम्मेदवार छनोटमा ४० प्रतिशतसम्म सदस्यको मत
विभिन्न प्रदेशका पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
पर्यटक भिसामा मोरङ आएर धर्म प्रचार, २४ कोरियालीलाई तीन वर्ष नेपाल प्रवेशमा रोक
१० राजदूतको बाटो खुल्यो, सुनार अस्वीकृत
नवरात्रको पाँचौं दिन स्कन्दमाताको आराधना, शक्ति र ज्ञान प्राप्तिको कामना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×