
विराटनगर । विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका ७ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । मोरङबाट ६ जना र उदयपुरबाट एक जनालाई पक्राउ गरिएको हो ।
चाडपर्व लक्षित विशेष सुरक्षा योजनाअन्तर्गत परिचालित प्रहरी टोलीले फरार प्रतिवादीको खोजतलास गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूबाट ६ महिना १५ दिन कैद र १८ हजार रुपैयाँ जरिबानासमेत असुल गरिएको छ ।



















