एसियन गेम्सका पदक विजेताले पाए पुरस्कार

Share this
722shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २८, बुधबार १३:१६

काठमाडौं । २०औं एसियन गेम्समा नेपालका लागि कांस्य पदक जित्न सफल खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकले सरकारबाट पुरस्कार रकम प्राप्त गरेका छन्। सरकारले खेलकुद विकास नियमावलीअनुसार करातेका तेञ्जिङ शर्मा र महिला कबड्डी टोलीसहित उनीहरूका प्रशिक्षक तथा व्यवस्थापकको बैंक खातामा पुरस्कार रकम जम्मा गरिदिएको हो।

यसअघि असोज २३ गते बसेको मन्त्रिपरिषद् बैठकले एसियन गेम्समा पदक जित्ने खेलाडीलाई पुरस्कार दिने निर्णय गरेको थियो। सोही निर्णयअनुसार कराते खेलाडी तेञ्जिङ शर्माले ६ लाख ५० हजार रुपैयाँ प्राप्त गरेका छन्। उनका प्रशिक्षक कुशल श्रेष्ठले १ लाख ३० हजार रुपैयाँ र व्यवस्थापक युवराज लामाले ६५ हजार रुपैयाँ पुरस्कार पाएका छन्।

त्यसैगरी, महिला कबड्डी टोलीका प्रत्येक खेलाडीले जनही १ लाख ९५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्। टोलीकी मुख्य प्रशिक्षक पार्वती राईले १ लाख ३० हजार रुपैयाँ तथा सहायक प्रशिक्षक लोकबहादुर विष्ट र व्यवस्थापक शरद दर्शनाधारीले जनही ६५ हजार रुपैयाँ पाएका छन्।

जापानको नायोगामा आयोजित २०औँ एसियन गेम्समा नेपालका तर्फबाट सहभागी कराते खेलाडी तेञ्जिङ शर्मा र महिला कबड्डी टोलीले कांस्य पदक जित्दै देशको गौरव बढाएका थिए। उनीहरूको सफलताको सम्मानस्वरूप सरकारले खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई पुरस्कार प्रदान गरेको हो।

तपाइको प्रतिक्रिया
महानवमीमा विराटनगरदेखि रंगेलीसम्म १०औँ निशान ध्वजा पैदल यात्रा हुने
सातै प्रदेशबीच विकास साझेदारी गर्ने सहमति, मुख्यमन्त्री मञ्च गठन गरिने (घोषणापत्रको पूर्णपाठसहित)
दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, २४ घण्टामा ७८ हजार बाहिरिए
सांसद खगेन्द्र सुनारमाथि प्रहरीको आन्तरिक अनुसन्धान
उदयपुरमा करेन्ट लागेर वृद्धको मृत्यु
एसियन गेम्सका पदक विजेताले पाए पुरस्कार
विराटनगरमा फुटपाथमै प्रभु बैंकको स्कार्पियो, पैदलयात्री सडकमा हिँड्न बाध्य
मदनकृष्णको जीवनकथा अब ठूलो पर्दामा
कोशीको नाम परिवर्तनदेखि मुकुमलुङको केवलकार रोक्नेसम्मका माग
देवानगन्जमा ५७ किलो गाँजा बरामद, मोटरसाइकल चालक फरार
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×