अवैध रूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक काठमाडौंमा पक्राउ

Share this
765shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २८, बुधबार २०:०४
अवैध रूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक काठमाडौंमा पक्राउ

काठमाडौं । अवैध रूपमा नेपाल प्रवेश गरी काठमाडौंका विभिन्न स्थानमा लुकिछिपी बस्दै आएका १० जना विदेशी नागरिक पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्युरोले बुधबार उनीहरूलाई नियन्त्रणमा लिएर अध्यागमन विभागको जिम्मा लगाएको हो ।

पक्राउ पर्नेमा ४५ वर्षीय मोहमद मुक्तर होसेन, ३९ वर्षीय अब्बास अली, ४६ वर्षीय रफिक आलम, ४० वर्षीय मोहम्मद अरिफ सोसन, ३० वर्षीय अजिजुल, २९ वर्षीय अब्दुल, ३७ वर्षीय मोहम्मद आलम करिम, ३६ वर्षीय मेहेताब मण्डल, २० वर्षीय रातुल इस्लाम र ३० वर्षीय बसर खान रहेका छन् ।

सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल नं. १८ गण हेक्वा (विशिष्ट व्यक्ति तथा महत्त्वपूर्ण प्रतिष्ठान सुरक्षा) बाघभैरवको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धान तथा थप कारबाहीका लागि अध्यागमन विभागको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
अवैध रूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक काठमाडौंमा पक्राउ
अवैध रूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक काठमाडौंमा पक्राउ
लोकसेवा परीक्षामा ब्राइट भिजनका सुभाष उत्कृष्ट 
लोकसेवा परीक्षामा ब्राइट भिजनका सुभाष उत्कृष्ट 
लागूऔषध मुद्दामा रास्वपा सुरुंगा नगर सभापति पक्राउ
लागुऔषध मुद्दामा रास्वपा सुरुंगा नगर सभापति पक्राउ
४७ प्रकारका औषधिको नयाँ उत्पादन र आयातमा रोक
४७ प्रकारका औषधिको नयाँ उत्पादन र आयातमा रोक
एभरेस्टका मन्टेश्वरीका विद्यार्थीले व्यवहारमै सिके चाडपर्वका संस्कार
एभरेस्टका मन्टेश्वरीका विद्यार्थीले व्यवहारमै सिके चाडपर्वका संस्कार
इलामको रोङ गाउँपालिकाका ५८ टोल विकास संस्थाको डिजिटल प्रोफाइल तयार
चियाबगान सञ्चालकविरुद्ध उजुरी दिने माई नगरपालिकाको तयारी
टिकटकमा आपत्तिजनक भिडियो पोस्ट गरेको आरोपमा एक जना पक्राउ
कोशीसहित पहाडी क्षेत्रमा वर्षाको सम्भावना
नेपालबाट बाहिरियो यस वर्षको मनसुन, सरदरभन्दा १२ दिन ढिलो
राष्ट्रिय खेलकुदका लागि इलामबाट ६ साइकलिङ खेलाडी छनोट
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×