पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्री वाग्लेको आग्रह

Share this
704shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २९, बिहीबार १४:०४

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान र जलवायु–उत्थानशील पुनर्निर्माणमा नेपाललाई सघाउन एसियाली विकास बैंकलाई आग्रह गरेका छन् ।

थाइल्याण्डको राजधानी बैंकमा जारी विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन थाइल्याण्डको राजधानी बैंककमा रहेका अर्थमन्त्री डा. वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्दाबीचको भेटवार्ता सो आग्रह गरिएको हो ।

त्यस अवसरमा अर्थमन्त्री डा. वाग्लेले विपद्पश्चातको पुनरुत्थान, जलवायु–उत्थानशील पुनर्निर्माण र नेपालका दीर्घकालीन आर्थिक प्राथमिकता अगाडि बढाउनका लागि स्रोत परिचालन गर्न बैंकका अध्यक्ष मासातो कान्दालाई आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।

भेटवार्तामा बाढीपछि उद्धारमा सहयोग गर्न आपतकालीन अनुदान छिटो स्वीकृति र ऐक्यबद्धता जाहेर गरिएकामा मन्त्री डा. वाग्लेले एशियाली विकास बैंकप्रति नेपालको तर्फबाट कृतज्ञता व्यक्त गरेका थिए ।

त्यस अवसरमा अध्यक्ष कान्दाले नेपालको विकासका लागि सहकार्य आफूको उच्च प्राथमिकतामा रहेको बताए । छलफलमा भ्रमण दलमा रहेका अर्थसचिव डा. घनश्याम उपाध्याय र मन्त्रालयका सहसचिव अमृत लम्साल पनि सहभागी थिए ।

तपाइको प्रतिक्रिया
मोरङ कारागारमा भित्र्याउन खोजेको ४८० ट्याब्लेट बरामद
दसैँ बिदामा पनि काठमाडौं जिल्ला अदालत खुला रहने
पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्री वाग्लेको आग्रह
काँकडभिट्टा-लौकही सडकको पूर्वी खण्डमा दैनिक ४०० मिटर कालोपत्रे
आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
घटस्थापनायता उपत्यकाबाट २ लाख ६२ हजार जना बाहिरिए
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस
विराटनगरको माटस बोर्डिङ स्कुलमा आगलागी, १० लाख रुपैयाँ बराबरको क्षति
चिकित्सकको सहभागितामा दसैँ–तिहारसहितका पर्वको संयुक्त उत्सव
बूढीगण्डकी बाढीबाट एक हजारभन्दा बढीको उद्धार
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×