करदाता प्रोत्साहन उपहारको चिट्ठा कात्तिक १ गते खुल्ने

Share this
689shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २९, बिहीबार १०:३७

काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज महिनाको पछिल्लो १५ दिनको चिट्ठा कात्तिक १ गते खोल्ने भएको छ ।

विभागका अनुसार असोज १६ देखि ३१ गतेसम्मका बिल चिट्ठामा सहभागी हुनेछन् । सरकारले यस कार्यक्रमअन्तर्गत प्रत्येक १५ दिनमा चिट्ठा खोल्दै आएको छ ।

कार्यक्रममा हरेक दिन एक जनाले एक लाख रुपैयाँ र प्रत्येक १५ दिनमा एक जनाले १० लाख रुपैयाँको बम्पर उपहार जित्ने व्यवस्था छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×