विद्यालयको छत खस्दा २९ जनाको मृत्यु

Share this
692shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २९, बिहीबार १७:०८

एजेन्सी । पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र एक महिला शिक्षकसहित २९ जनाको मृत्यु भएको छ। दुर्घटनामा ५० भन्दा बढी घाइते भएका छन् । मृतक बालबालिकामध्ये ६ जना बालिका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको अस्पतालका प्रवक्ता मोहम्मद असीमले बताए ।

घाइते तथा मृतक बालबालिका सबै १३ वर्ष वा सोभन्दा कम उमेरका रहेको उनले जानकारी दिए । घाइतेको उपचारका लागि अस्पतालमा आपतकालीन अवस्था घोषणा गरिएको थियो। उद्धारकर्मीले भग्नावशेषमुनि फसेका सबैलाई बाहिर निकालेपछि भग्नावशेष हटाउने काम थालेका छन् ।

घाइते शिक्षिका महविश जमानका अनुसार तीनतले विद्यालयमा नर्सरीदेखि पाँच कक्षासम्म करिब एक हजार २०० विद्यार्थी अध्ययनरत थिए । कक्षाकोठामा रहेका बेला छत खसेपछि आफूलाई आकाशै खसे जस्तो लागेको र पछि अस्पतालमा होस खुलेको उनले बताइन् ।

दुर्घटनापछि स्थानीय बासिन्दा र उद्धारकर्मी तत्काल घटनास्थल पुगेका थिए। स्थानीय सामिउल्लाह खानले तीन बालिकालाई उद्धार गर्न सहयोग गरेको बताए । उनका छोरा भने पानी पिउन कक्षाबाट बाहिर निस्किएकाले जोगिएका थिए । घटनास्थल र अस्पतालमा भेला भएका अभिभावकले आफ्ना छोराछोरीको अवस्थाबारे जानकारी मागेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×