चुकेको अवस्थामा सभापतिबाट हटाउनुस् : गगन थापा

Share this
676shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कार्तिक १, शनिबार १८:२२

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू चुकेको अवस्थामा सभापतिबाट हटाएर अघि बढ्न पार्टीलाई आग्रह गरेका छन् । उनले कुनै पनि व्यक्ति पार्टीभन्दा ठूलो हुन नसक्ने भन्दै व्यक्तिगत कमजोरीको भारी पार्टीले बोक्न नहुने बताएका छन् ।

ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा शनिबार आयोजित शपथग्रहण समारोहलाई सम्बोधन गर्दै थापाले कांग्रेस लाखौँ नेता तथा कार्यकर्ताको रगत र पसिनाबाट बनेको सार्वजनिक सम्पत्ति भएको बताए । नेतृत्वका गल्तीको जिम्मेवारी सम्बन्धित व्यक्तिले नै लिनुपर्ने उनको भनाइ थियो ।

सभापतिका रूपमा आफ्नो व्यक्तिगत, पारिवारिक र आर्थिक जीवनका हरेक पक्षमा सचेत रहने प्रतिबद्धता जनाउँदै थापाले आफू चुकेको महसुस भए पार्टीले सभापतिबाट अलग गरेर अघि बढ्नुपर्ने बताए ।

दसैँको फूलपातीका दिन हजारौँ युवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशिनु चिन्ताको विषय भएको उल्लेख गर्दै उनले स्वदेशमै युवालाई स्वाभिमानका साथ बाँच्ने वातावरण बनाउन कांग्रेसले इमानदार प्रयास गर्नुपर्ने बताए ।

पार्टीभित्रका असन्तुष्ट पक्षलाई मिलाउने जिम्मेवारी आफूले लिने बताउँदै थापाले नेता तथा कार्यकर्तालाई आम नागरिकका सुखदुःखमा जोडिन र निराशा चिर्दै सकारात्मक ऊर्जा प्रवाह गर्न आग्रह गरे ।

तपाइको प्रतिक्रिया
इटहरीपछि विराटनगरमा फोर स्टार म्याट्रेस स्टुडियो 
इटहरीपछि विराटनगरमा फोर स्टार म्याट्रेस स्टुडियो 
क्यानाडासँग नेपाल २४ रनले पराजित
कोशी र मधेश प्रदेशबीच खेलकुद विकासमा सहकार्य, मैत्रीपूर्ण प्रतियोगिता सञ्चालन गरिने
कोशी र मधेश प्रदेशबीच खेलकुद विकासमा सहकार्य, मैत्रीपूर्ण प्रतियोगिता सञ्चालन गरिने
चुकेको अवस्थामा सभापतिबाट हटाउनुस् : गगन थापा
चुलाचुली रंगमञ्चको ‘उता घाम यता छाया’ म्युजिक भिडियो सार्वजनिक
समाचार लेखेकै कारण पत्रकार पक्राउ गरिएको महासंघको ठहर, बिनासर्त रिहाइको माग
इटहरीमा जुवा खेल्ने पाँच जना पक्राउ, ३ लाख ७१ हजार रुपैयाँ बरामद
इटहरीमा जुवा खेल्ने पाँच जना पक्राउ, ३ लाख ७१ हजार रुपैयाँ बरामद
विराटनगरमा फूलपाती भित्र्याइयो, यस वर्ष बन्दुकबाट सलामी दिइएन
विराटनगरमा फूलपाती भित्र्याइयो, यस वर्ष बन्दुकबाट सलामी दिइएन
दसैँका लागि तातोपानी नाका तीन दिन खुल्ने
दुई मोटरसाइकल ठोक्किँदा प्रहरी जवानसहित दुई जना घाइते
ग्यास बुलेटको ठक्करले खोटाङका बालकको मृत्यु, आमाबुवा घाइते
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×