रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

Share this
669shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १, आइतबार

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथिका आर्थिक प्रतिबन्ध र शुल्क कार्यान्वयनमा ६० दिन रोक लगाएका छन् । विश्व अर्थतन्त्रमा त्यसको प्रभाव अध्ययन गर्न निर्णय गरिएको विदेशमन्त्री मार्को रुबियोले बताएका छन् । तर, यसबाट रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई फाइदा पुग्ने भन्दै अमेरिकी सांसद र युक्रेनले आलोचना गरेका छन् ।

रुबियोका अनुसार इरानमाथिको युद्ध र यमनका हुथी समूहका आक्रमणलगायत द्वन्द्वले विश्वव्यापी तेल तथा डिजेलको मूल्य बढाएको छ । यस्ता घटनाले समग्र अर्थतन्त्रमा असर पारिरहेकाले प्रतिबन्ध र शुल्कको प्रभाव विश्लेषण गर्नुपर्ने उनको भनाइ छ ।

अमेरिकी कङ्ग्रेसले गत महिना पारित गरेको कानूनमा रुसी अधिकारी, धनाढ्य वर्ग र वित्तीय संस्थामाथि प्रतिबन्ध लगाउनुका साथै रुसी तेल तथा ग्यासका प्रमुख खरिदकर्तालाई कारबाही गर्ने अधिकार राष्ट्रपतिलाई दिइएको थियो । युक्रेनविरुद्धको युद्धका लागि रुसले आर्थिक स्रोत जुटाउन नपाओस् भन्ने यसको उद्देश्य थियो । तर, कानून कार्यान्वयन हुनुभन्दा दुई दिनअघि शुक्रबार ट्रम्पले कार्यकारी आदेशमार्फत छुट दिएका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×