पश्चिमी वायुको प्रभाव: हिमाली क्षेत्रमा हिमपात र पहाडी भूभागमा वर्षाको सम्भावना

Share this
604shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २, सोमबार ०६:४०
पश्चिमी वायुको प्रभाव: हिमाली क्षेत्रमा हिमपात र पहाडी भूभागमा वर्षाको सम्भावना

काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा पनि आंशिक बदली हुने पूर्वानुमान छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा देशभरका तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

यसैगरी, हिमाली भूभागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक(दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×