
सेवा बन्द भएपछि बैंकिङ तथा वित्तीय क्षेत्रका निकाय र सर्वसाधारणलाई पर्न गएको असुविधाप्रति राष्ट्र बैंकले क्षमायाचना गरेको छ। साथै, सेवा पुनः सञ्चालनमा नआएसम्म बैंकसँग सम्बन्धित अत्यावश्यक सूचना तथा जानकारीका लागि आधिकारिक सामाजिक सञ्जालका माध्यमहरू प्रयोग गर्न अनुरोध गरेको छ।
सुरक्षा जोखिमलाई मध्यनजर गर्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था, भुक्तानी प्रणाली सञ्चालक (पीएसओ), भुक्तानी सेवा प्रदायक (पीएसपी) र विप्रेषण कम्पनीहरूलाई समेत सतर्कता अपनाउन आग्रह गरेको छ।
त्यसैगरी, सम्बन्धित संस्थाहरूले आफ्ना सर्भरमा प्रयोग भइरहेका प्रणालीको सुरक्षा सुदृढ बनाउन, आवश्यक प्राविधिक सावधानी अपनाउन तथा नियमित सुरक्षा निगरानीलाई थप प्रभावकारी बनाउनुपर्नेमा राष्ट्र बैंकले जोड दिएको छ।


























