एनपीएलमा लुम्बिनीको सुखद सुरुवात

Share this
756shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ९, सोमबार १९:५०

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा साविक विजेता लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई निराश पार्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ । सुदूरपश्चिमलाई ७ विकेटले पराजित गरेको लुम्बिनीले कमजोर लक्ष्यलाई १० ओभरअघि नै पूरा गरेको हो ।

त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको ८८ रनको लक्ष्य लुम्बिनीले ९.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । लुम्बिनीको जितमा डार्सी शर्टले आक्रामक ब्याटिङ गर्दै १८ बलमा ४० रन बनाए । उनले आफ्नो इनिङ्समा चार चौका र तीन छक्का प्रहार गरे । आसिफ शेखले ३२ रन जोड्दै जितको आधार तयार गरे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १७.२ ओभरमा ८७ रनमै समेटिएको थियो । उसका ब्याटरले लुम्बिनीको कसिलो बलिङसामु खुलेर खेल्न सकेनन् । दीपेन्द्र सिंह ऐरीले २७ र सैफ जैबले १३ रन बनाए । अनिल खरेल १५ रनमा अविजित रहे । अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

सुदूरपश्चिमको ब्याटिङ ध्वस्त पार्ने क्रममा लुम्बिनीका किशोर महतोले सर्वाधिक चार विकेट लिए । शेर मल्लले तीन विकेट झारे भने शेड्ली भान शाल्कविक, तिलक भण्डारी र रोहित पौडेलले एक–एक विकेट हात पारे ।

सुदूरपश्चिमलाई सानो योगफलमा रोक्न बलिङमा प्रभावशाली प्रदर्शन गरेको लुम्बिनीले जवाफी ब्याटिङमा पनि आक्रामक रणनीति अपनायो । शर्ट र आसिफको योगदानमा सहज जित निकालेको साविक विजेताले तेस्रो संस्करणको एनपीएलमा आफ्नो दाबेदारीलाई बलियो बनाएको छ ।

तपाइको प्रतिक्रिया
एनपीएलमा लुम्बिनीको सुखद सुरुवात
दुर्घटनामा ६ जनाको मृत्यु
झापा कारागारलाई अधिवक्ता कार्कीको पुस्तक सहयोग
चक्रवातको जोखिमः मोरङमा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह
चीनको ग्लोबल गभर्नेन्स फोरममा सहभागी भएर फर्किइन् विद्यादेवी भण्डारी
जापानको राजनीतिमा तीन दशक प्रभाव जमाएका पूर्वप्रधानमन्त्री फुकुदाको निधन
ग्यास बिक्रीमा भ्याट बिल अनिवार्य गर्न आयल निगमको निर्देशन
चक्रवात ‘अर्णव’को प्रभाव कोशीसहित चार प्रदेशमा, बिहीबारदेखि भारी वर्षा र हिमपातको सम्भावना
झापाको एक घरबाट ८ लाख रुपैयाँ बराबरको धनमाल चोरी
सुरु भयो एनपीएल, उद्घाटन खेलमा टस जितेर बलिङ गर्दै लुम्बिनी
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×