साउदीमा नेपालीलाई उच्च सतर्कता अपनाउन दूतावासको आग्रह

Share this
741shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १०, मंगलबार १२:५५

काठमाडौं । साउदी अरेबियाको सुरक्षा अवस्था संवेदनशील बन्दै गएपछि रियादस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

दूतावासले विशेष सूचना जारी गर्दै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र साउदी अरेबियाका आधिकारिक निकायले जारी गर्ने सुरक्षा निर्देशन पूर्ण रूपमा पालना गर्न अनुरोध गरेको हो ।

दूतावासले जारी गरेको पाँच बुँदे सूचनामा सुरक्षा सतर्कतासम्बन्धी चेतावनी जारी भएका बेला बाहिर ननिस्कन विशेष आग्रह गरिएको छ ।

सामाजिक सञ्जाल प्रयोग गर्दा पनि सावधानी अपनाउन दूतावासले नेपाली नागरिकलाई सचेत गराएको छ। साउदी अरेबियाका आधिकारिक निकायबाट पुष्टि नभएका समाचार, सूचना, तस्बिर तथा भिडियो अरूलाई नपठाउन र फेसबुक, टिकटक लगायत सामाजिक सञ्जालमा पोस्ट वा सेयर नगर्न भनिएको छ ।

हवाई यात्रा गर्ने तयारीमा रहेका नेपालीलाई पनि उडानबारे यकिन गरेर मात्र विमानस्थल जान दूतावासले आग्रह गरेको छ। साउदी अरेबियाबाट नेपाल वा अन्य देशको यात्रा गर्नुअघि सम्बन्धित वायुसेवा कम्पनी वा आधिकारिक स्रोतबाट उडान तालिका परिवर्तन भए–नभएको पुष्टि गर्न सूचनामा उल्लेख छ।

सुरक्षा अवस्था वा अन्य कुनै कारणले आवश्यक परेमा रियादस्थित नेपाली राजदूतावास वा जेद्दास्थित नेपाली महावाणिज्यदूतावासमा तत्काल सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ।

तपाइको प्रतिक्रिया
झापामा हवाई फायर गरेर दुई जना पक्राउ
तार चोरीको लाञ्छनादेखि हत्यासम्म, घरमै बोलाएर लिइयो व्यापारीको ज्यान
सीमा अभिलेखमा नभएका भारतीय गाडी विराटनगरमा फेला, तीन पटकसम्म भन्सार अनुमति पाएको खुलासा
चोरी आरोपको बदला लिन हत्या, शव बोरामा हालेर खोलामा फालियो
विराटनगर भन्सारको राजस्व असुली लक्ष्यभन्दा बढी, असोजमा १००.२६ प्रतिशत संकलन
मौसमी जोखिम: उच्च हिमाली क्षेत्रमा नजान पर्यटकलाई आग्रह
तिहार र छठ नजिकिँदै, माटो र बाँसका सामग्रीको व्यापार बढ्यो
चक्रवातको असर नेपालमा फैलिँदै, तीन प्रदेशका हिमाली क्षेत्रमा उच्च जोखिम
सम्भावित मौसमी जोखिमबाट बच्न सतर्क रहन धनकुटा प्रशासनको आग्रह
झापाका विकास आयोजनाबारे सांसदको चासो
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×