
काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुन र चाँदी दुवैको मूल्य बढेको छ। मंगलबार प्रतितोला २ लाख ८२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ९ सय रुपैयाँले बढेर २ लाख ८३ हजार २ सय रुपैयाँ पुगेको छ।
नेपालमा आज १० ग्राम छापावाल सुनको मूल्य २ लाख ४२ हजार ८ सय रुपैयाँ तोकिएको छ।
त्यस्तै, चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ। मंगलबारको तुलनामा बढेर चाँदी प्रतितोला ३ हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। १० ग्राम चाँदीको मूल्य ३ हजार ४ सय १२ रुपैयाँ तोकिएको छ।

























