इटहरीमा १० हजार ७८० क्याप्सुल र ट्याब्लेटसहित तीन जना पक्राउ

Share this
635shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १२, बिहीबार ११:०८
पाँचथरका दुई जना ब्राउन सुगरसहित काठमाडौंमा पक्राउ

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–८ गैसारबाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा १८ वर्षीय अभिषेक चौधरी, १८ वर्षीय युगल सुन्दास र १५ वर्षीय बालक पक्राउ छन् ।

इलाका प्रहरी कार्यालय इटहरीका अनुसार बुधबार राति करिब ९ बजे अभिषेक चौधरीको डेराकोठामा लागुऔषध कारोबार भइरहेको विशेष सूचना प्राप्त भएको थियो । सोही सूचनाका आधारमा खटिएको प्रहरी टोलीले कोठामा खानतलासी गर्दा लुकाएर राखिएको ट्रामोल ५ हजार २७० क्याप्सुल र डाइसाइक्लोमिन ५ हजार ५१० ट्याब्लेट फेला पारेको थियो ।

प्रहरीले उक्त लागुऔषधसहित तीनै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय इटहरीमा राखेको छ । घटनाको थप अनुसन्धान भइरहेको र पक्राउ परेकाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×