सप्तकोशीमा नयाँ पुल निर्माण गरिने

Share this
736shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १३, शुक्रबार १४:५२

सप्तरी । सप्तरी र सुनसरी जिल्ला जोडिएको कोशी ब्यारेज पुलको विकल्पका रूपमा सप्तरीको कञ्चनपुरदेखि सुनसरीको राजाबाससम्म तीन किलोमिटर लामो नयाँ पुल निर्माण गरिने भएको छ ।

केही वर्षअघि तयार पारिएको परियोजनासम्बन्धी विस्तृत प्रतिवेदनका आधारमा निर्माण गर्न लागिएको पुलको अनुमानित लागत ४३ अर्ब रहेको सडक विभाग आयोजना निर्देशनालयका निर्देशक चुडाराज ढकालले जानकारी दिए । एसियाली विकास बैंक सहयोगमा निर्माण हुने उक्त पुल सञ्चालनमा आएपछि पूर्वपश्चिम राजमार्गको १४ किमी यात्रा कम हुनेछ ।

निर्देशक ढकालले भने, ‘अहिले नयाँ पुल तथा सडक निर्माणसम्बन्धी आवश्यक प्राविधिक तयारी भइरहेको छ ।’ त्यस परियोजनाअन्तर्गत विशिष्ट प्रकृतिको पुलसँगै ४३ किलोमिटर नयाँ सडक निर्माण गरिनेछ । हाल पुल र सडकको समग्र संरचना निर्माणका लागि आवश्यक प्रक्रियागत काम अगाडि बढिरहेको छ ।

परियोजना क्षेत्र कोशीटप्पु वन्यजन्तु आरक्षसँग जोडिएकाले वातावरणीय एवं कानुनी स्वीकृतिका केही विषयका कारण काम भइरहेको छ । कोशी ब्यारेज पुरानो हुँदै गएको र बढ्दो सवारी चापका कारण प्रस्तावित वैकल्पिक मार्ग नेपालको पूर्वी क्षेत्रमा यातायात सञ्चालन र व्यवस्थापनमा महत्वपूर्ण सावित हुनेछ ।

तपाइको प्रतिक्रिया
मोरङमा २५ लाख मूल्यका अवैध सयपत्री फूलका माला बरामद
मधेशका आठ जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तारमा जोड
झापाका प्रहरी निरीक्षक भट्टराई असोज महिनाको उत्कृष्ट प्रहरी घोषित
इटहरीमा गुन्जिनेछन्, चर्चित गायक आतिफ अस्लम
२५ औँ सत्याग्रहको तेस्रो दिनमै डा. केसीको स्वास्थ्य कमजोर, उपचार टोली तयारी अवस्थामा
घाम लागेसँगै सुदूरपश्चिम र विराटनगरको खेल हुने सम्भावना बढ्यो
पर्यटन प्रवर्द्धन गर्न कन्टेन्ट क्रिएटरलाई प्रायोजित भ्रमण
बारामा थुनिएका इन्स्पेक्टरसहित ३८ कर्मचारीको उद्धार
लुम्बिनी र चितवन बीचको खेल स्थगित
सिरहामा नेपाली नक्कली नोटसहित दुई जना पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.