
विराटनगर । सञ्चारकर्मी सञ्चार सहकारी संस्थाको नेतृत्व चयनका लागि भएको निर्वाचनमा महाप्रसाद खतिवडाले विजयी भएको छन् । अध्यक्ष पदमा भएको प्रतिस्पर्धामा धनकुमारी थापा (चिना) लाई ४२ मतको अन्तरले पराजित गर्दै खतिवडा अध्यक्ष निर्वाचित भएका हुन् ।
निर्वाचनमा खतिवडाले ७३ मत प्राप्त गर्दा उनकी प्रतिस्पर्धी थापाले ३१ मत पाएकी छन् । संस्थापक सदस्यसमेत रहेका खतिवडा यसअघि कार्यसमितिको उपाध्यक्ष थिए भने थापा कोषाध्यक्षको जिम्मेवारीमा थिइन् ।
संस्थाको नयाँ कार्यसमिति चयनका क्रममा अध्यक्ष पदमा मात्रै निर्वाचन भएको हो । अन्य सबै पदमा भने उम्मेदवारहरू सर्वसम्मत चयन भएका छन् ।
निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम नामावलीअनुसार उपाध्यक्षमा नेत्रप्रसाद अधिकारी, सचिवमा बाबुराम भण्डारी र कोषाध्यक्षमा तारा आचार्य चयन भएका छन् ।
त्यस्तै, कार्यसमिति सदस्यमा भोजराज घिमिरे, राजेशकुमार राजवंशी, दीपकबहादुर खड्का, पदमकुमार सरदार र उषाकुमारी सरदार सर्वसम्मत भएका छन् ।
यसैगरी, लेखा समिति संयोजकमा अविनाशकुमार निधि तथा सदस्यमा पुष्पराज थपलिया र हरि अधिकारी सर्वसम्मत चयन भएका छन् ।



















