सरुवा भएका कर्मचारी पुरानै पालिकामा बसेपछि तीन पालिकाको खाता रोक्का

Share this
747shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १३, शुक्रबार १९:२३

काठमाडौं । सरुवा भएर पनि पुरानै कार्यालयमा बस्ने र नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराउने तीन स्थानीय तहको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जुम्लाको कनकासुन्दरी गाउँपालिका, पर्साको जिराभवानी गाउँपालिका र काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द गरेको हो ।

मन्त्रालयका अनुसार ती पालिकामा कार्यरत कर्मचारीको अन्यत्र सरुवा गरिएको भए पनि उनीहरू सरुवा भएको कार्यालयमा हाजिर नभई साबिककै पालिकामा कार्यरत रहँदै आएका थिए । त्यस्तै, नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएका कर्मचारीलाई समेत सम्बन्धित पालिकाले हाजिर गराएका थिएनन् ।

सरुवा भएका कर्मचारी पुरानै कार्यालयमा रहिरहने र नयाँ जिम्मेवारीसहित खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई कामकाज गर्न नदिइएको विषयमा मन्त्रालयले यस्तो निर्णय गरेको जनाएको छ।

मन्त्रालयले नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएका कर्मचारीलाई आर्थिक तथा प्रशासनिक जिम्मेवारीसहित तत्काल कामकाजमा लगाउन सम्बन्धित पालिकालाई निर्देशन दिएको छ।

यसैगरी, मन्त्रालयले आर्थिक जिम्मेवारी रद्द गरिएको विषयमा सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयलाई जानकारी गराउँदै खाता सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाउनसमेत आग्रह गरेको छ।

तपाइको प्रतिक्रिया
पत्रकार पक्राउ प्रकरणमा प्रधानमन्त्री कार्यालयको हस्तक्षेप, तत्काल रिहा गर्न निर्देशन
सरुवा भएका कर्मचारी पुरानै पालिकामा बसेपछि तीन पालिकाको खाता रोक्का
सञ्चारकर्मी सञ्चार सहकारीको अध्यक्षमा खतिवडा निर्वाचित, अन्य पदमा सर्वसम्मत
भोटेकोशी बाढीबाट घरजग्गा, बाली र पशुपन्छीमा ७९ अर्बको क्षति
भोटेकोशी बाढीपीडितका लागि फुङलिङ नगरपालिकाद्वारा ३४ लाख बढी सहयोग
नेपाल–भारत सीमा सुरक्षा सहकार्य बढाउने सहमति
नावा खोलामा बस फस्यो, सडक ठप्प
ब्राजिलको निर्वाचन लज्जास्पद: ट्रम्प
नेपाल प्रेसको कार्यालयबाट पत्रकार विश्वमणि सुवेदी पक्राउ
कात्तिक २५ गते कोशीमा भाषा दिवस मनाइने, सरकारी कार्यालयमा दीपावली गरिने
१२० फर्म र कम्पनी कालोसूचीमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.