
काठमाडौं । मौसममा सुधार भएसँगै नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीचको खेल सञ्चालन हुने सम्भावना बढेको छ। मैदानमा घाम लागेपछि खेलका लागि राखिएको कभर हटाउन थालिएको छ।
साँझ ५ बजे सुरु हुने तालिका रहेको खेल वर्षा वा मैदानको अवस्थाका कारण प्रभावित हुने आशंका गरिएको थियो। तर, घाम लागेसँगै मैदान तयार पार्ने काम अघि बढाइएको हो।
खेल सञ्चालनका लागि अन्तिम ‘कट अफ’ समय साँझ ७ बजेर ४१ मिनेटसम्म तोकिएको छ। उक्त समयभित्र खेल सुरु गर्न सकिएमा निर्धारित खेल सञ्चालन हुने सम्भावना रहनेछ।



















