भद्रपुरबाट ५ लाख रुपैयाँभन्दा बढीका पटका बरामद

Share this
766shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १५, आइतबार १६:५६

झापा । झापाको भद्रपुरबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरेको ५ लाख ४० हजार ८१९ रुपैयाँ बराबरका पटका बरामद गरिएको छ।

सशस्त्र प्रहरी बल, नेपालअन्तर्गत बीओपी महेशपुरबाट खटिएको मोटरसाइकल गस्ती टोलीले आइतबार भद्रपुर नगरपालिका–३ स्थित भागबारी उत्तर मेची नदीको सीमावर्ती क्षेत्रबाट पाँच बोरा पटका बरामद गरेको हो ।

भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा पटका बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गरिएका पटका प्रचलित कानुनबमोजिम नष्ट गर्ने प्रक्रियामा रहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.