दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र, संघीय सरकारबाट पूर्ण सहयोग गर्ने मन्त्री पोखरेलको प्रतिबद्धता

Share this
758shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १५, आइतबार २०:१२

काठमाडौं । आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई निर्धारित समयमै भव्य र ऐतिहासिक रूपमा सम्पन्न गर्ने उद्देश्यले संघीय र कर्णाली प्रदेश सरकारबीच तयारी तथा पूर्वाधार व्यवस्थापनका विषयमा छलफल भएको छ।

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सुर्खेतमा कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाही र सामाजिक विकास मन्त्री जीतबहादुर मल्लसँग प्रतियोगिताको तयारीबारे छलफल गरेका हुन्।

छलफलमा प्रतियोगिता आयोजना गर्न आवश्यक खेलकुद पूर्वाधारको अवस्था, निर्माण तथा व्यवस्थापन, प्रतियोगिताको सञ्चालन र संघीय तथा प्रदेश सरकारबीचको समन्वयका विषयमा कुराकानी भएको थियो ।

मन्त्री पोखरेलले प्रतियोगिता तोकिएकै समयमा सम्पन्न गर्न मन्त्रालयले सबै पक्षसँग सहकार्य गरिरहेको बताउँदै कर्णालीमा खेलकुद पूर्वाधार विकास र व्यवस्थापनका लागि संघीय सरकारबाट पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए।

मुख्यमन्त्री शाही र सामाजिक विकास मन्त्री मल्लले दशौँ राष्ट्रिय खेलकुदलाई सफल बनाउन प्रदेश सरकार पूर्ण रूपमा जुटेको बताउँदै आवश्यक तयारी अन्तिम चरणमा पुगेको जानकारी गराए ।

मन्त्री पोखरेल प्रतियोगिताको तयारी, खेलकुद पूर्वाधार निरीक्षण तथा सरोकारवालासँग समन्वय गर्न हाल सुर्खेतमा छन्।

तपाइको प्रतिक्रिया
डा. केसीको स्वास्थ्य अवस्था जोखिमपूर्ण, ग्लुकोज दिन चिकित्सकको आग्रह
दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र, संघीय सरकारबाट पूर्ण सहयोग गर्ने मन्त्री पोखरेलको प्रतिबद्धता
गलत काम गर्ने कोही उम्किँदैनन्: प्रधानमन्त्री बालेन शाह
मोरङको जहदाबाट खैरो हेरोइनसहित युवक पक्राउ
तिहारमा ठूलो वर्षाको सम्भावना कम
भद्रपुरबाट ५ लाख रुपैयाँभन्दा बढीका पटका बरामद
औषधीय र औद्योगिक प्रयोजनका लागि गाँजा खेतीको बाटो खुल्यो, तीन महिनाभित्र कानुनी व्यवस्था गर्न आदेश
ताप्लेजुङमा १ लाख ९४ हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
सरकारलाई गगनको प्रश्न- छानबिन समितिका प्रतिवेदन खै ?
सुरुङ खनेर भागेका कैदी खोज्दै प्रहरी, सूचना दिन आग्रह
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.